ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव


एबीसी न्यूज
३२ श्रावण २०८१, शुक्रबार   १२ : ००   बजे

काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।

दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो। शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए। ‘उहाँहरू बिहान आइपुग्नुभयो र सनाखत गर्नुभयो,’ डिएसपी कार्कीले भने।शव सनाखतपछि अब पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने डिएसपी कार्कीले जानकारी दिए।

बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन्।

दुर्घटनापछि बिहीबार दिनभर गठ्ठाघर तनावग्रस्त बनेको थियो। त्यहाँ प्रहरी र स्थानीयबीच झडप नै भएको थियो। त्यहाँ ११८ जना प्रहरी परिचालन गरिएको थियो। त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप ११३ जना प्रहरी १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो।

प्रहरीबाट २२ राउन्ड अश्रुग्यास प्रहार भएको डिएसपी कार्कीले जानकारी दिए। भीड नियन्त्रण गर्ने क्रममा भक्तपुरका प्रहरी प्रमुख एसपी बेद विष्ट र प्रहरी सहायक हवलदार बहादुरे राउत घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group