ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गत वर्ष मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु शून्य


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   १२ : ३१   बजे

काठमाडौ १४ भदौ । विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ र शिशु मृत्युदरमा कमी आएको छ।

स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको सङ्ख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताए।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो।

घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्या पछिल्ला वर्षमा बढेको उनको भनाइ छ। उनका अनुसार आर्थिक वर्ष ०८०र८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन।

आव २०८०र८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। आव २०७९र८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो । मकवानपुरबाहेक काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष सङ्ख्या केही कम देखिएको प्रमुख मिझारले जानकारी दिए।

यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको सङ्ख्या पनि विगत वर्षको तुलनामा बढेको छ । गर्भजाँच कम्तीमा आठ पटक गराउनुपर्ने हुन्छ । गर्भको नियमित जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७९र८० मा ३० प्रतिशत रहेकामा आव २०८०र८१ मा बढेर ४८ प्रतिशत पुगेको उनले बताए।

स्वास्थ्य संस्थामा गएर पहिलो पटक गर्भवती जाँच गराउनेको सङ्ख्या शतप्रतिशत रहे पनि नियमित चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको सङ्ख्या ५६ प्रतिशतमात्र रहेको उनले बताए। मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उनले जानकारी दिए।

पुरानो सोच र चेतनाको अभावमा गर्भवती स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने प्रवृत्तिमा सुधार हुँदै गएकाले मातृ तथा नवजात शिशु मृत्युदर बिस्तारै घट्दै गएको हेटौँडा अस्पतालका चिकित्सक डा।बिदुर भण्डारीले बताए।

‘पहिला–पहिला थुप्रै समस्या थियो, चेतना पुगेको थिएन, दुर्गम ठाउँमा यातायात पुग्न सकेको थिएन’, डा।भण्डारीले भने, ‘त्यही भएर गर्भवती अस्पताल नपुगी गाउँघरकै सुडेनीबाट सुत्केरी गराउने गर्दथे, जसका कारण थुप्रै आमा र बच्चाको मृत्यु हुन्थ्यो, अहिले धेरै सुधार आएको छ।’

अहिले धेरैको सोचमा परिवर्तन आएको छ, धेरैजसो गर्भवती नियमित गर्भजाँचसँगै स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थालेका छन्, जसले गर्दा आमा तथा नवजात शिशुको मृत्युदर कम भएको उनको भनाइ छ।

गर्भवतीलाई सुत्केरी गराउने क्रममा जटिलता आउन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका बर्थिङ सेन्टरमा गर्भवतीका लागि प्रतीक्षा कक्षको व्यवस्था मिलाइएको छ।

‘गाउँमा गर्भवती बस्दा अचानक केही समस्या आउन सक्छ, त्यही भएर हामीले सुत्केरी हुनुभन्दा तीन–चार दिनअघि नै गर्भवतीलाई बर्थिङ सेन्टरमा बोलाउँछौँ’, मनहरी गाउँपालिका–४ स्थित बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी मीरा थापाले भने।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन वर्षअघिसम्म जिल्लामा ८३ प्रतिशत गर्भवतीले सामान्य सुत्केरी र १३ प्रतिशतले शल्यक्रिया विधिबाट सुत्केरी गराउने गरेकामा पछिल्लो आव २०८०र८१ मा सामान्य सुत्केरी गराउनेको सङ्ख्या ७७ प्रतिशमा झरेको र शल्यक्रिया विधिबाट सुत्केरी गराउनेको सङ्ख्या २२ प्रतिशत पुगेको छ।

तिथिमिति हेरेर सन्तान जन्माउने, पीडा झेल्न नसक्नेलगायत कारण पछिल्लो समय शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रम बढेको र यो चिन्ताको विषय भएको प्रमुख मिझारको भनाइ छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group