काठमाडौ १४ भदौ । नेकपा एकीकृत समाजवादीले नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गर्ने तयारी गरेको छ।
भुसाल, हमाल र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गर्ने विषयमा छलफल चलिरहेको पार्टीका नवनिर्वाचित उपमहासचिव मेटमणि चौधरीले जानकारी दिए।
‘यस विषयमा बिहीबारको केन्द्रीय कमिटी बैठकमा पनि छलफल भएको छ,’ चौधरीले नेपालखबरसँग भने, ‘उहाँहरु पार्टीको वरिष्ठ नेतामा मनोनित हुने सम्भावना छ।’
तीनै नेताले पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए। उनीहरुले दाबी छाडेपछि वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन्।
यसअघि भुसाल पार्टीमा महासचिव थिए भने हमाल र बस्नेत उपाध्यक्ष थिए।
प्रतिक्रिया दिनुहोस्