ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा मुनाको हत्या : लुटपाटका क्रममा


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   १२ : ४१   बजे

काठमाडौ १४ भदौ । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या लुटपाटका क्रममा गरिएको खुलेको छ।

पाण्डेको हत्या आरोपमा ह्युस्टन प्रहरीले ५१ वर्षीय बब्बीसिंह शाहलाई पक्राउ गरिसकेको छ।

उनले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ।

न्युयोर्कबाट सञ्चालित नेपयोर्क अनलाइनका अनुसार अभियुक्त बब्बीविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।

जघन्य हत्याको अभियोग टेक्ससमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ। यस अभियोगमा उनलाई अब सेप्टेम्बर ३ मा अदालतमा पेस गरिने भएको छ।

त्यस्तै बब्बीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोग पनि छ। उक्त अभियोगमा उनलाई सेप्टेम्बर ५ मा अदालत पेस गरिनेछ।

शाहलाई बुधबार

अगस्ट २८० राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा प्रहरीले पक्राउ गरेको हो। शाहलाई अहिले ह्यारिस काउन्टी जेलमा राखिएको छ।

मुना पाण्डे गत सोमबार ९अगस्ट २६० साँझ गोली लागेको अवस्थामा आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्।

ह्युस्टन प्रहरीका अनुसार मुनालाई धेरैवटा गोली हानेको पाइएको छ। उनको घटनास्थलमै मृत्यस भएको थियो।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्। सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।

परिवारकी एक मात्र सन्तान मुना मारिएपछि नेपालमा रहेकी उनकी आमा अनिता पाण्डे अधिकारी विक्षिप्त भएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

सम्बन्धित

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu