ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फाले ३ लाख अमेरिकी डलर खर्चेर दशरथ रंगशालाको खेल मैदान मर्मत गर्ने


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   १२ : ४५   बजे

काठमाडौ १४ भदौ । अखिल नेपाल फुटबल संघ एन्फा ले दशरथ रंगशालाको मैदान मर्मतका लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरेको छ।

भदौ ११ र १३ गते गरि दुईदिन एन्फा कम्प्लेक्समा बसेको एन्फाको बैठकले रंगशालाको मैदान मर्मतका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो।

रंगशाला मर्मत, रेखदेख, संरक्षण तथा परिचालनको जिम्म संघबाटै गर्नका लागि युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग माग गर्ने निर्णय पनि एन्फाले गरेको छ।

।एन्फाले करिब २५ देखि ४० हजार दर्शक क्षमताको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निमार्ण गर्न आवश्यक देखिएको जनाएको छ। नयाँ रंगशाला निर्माणको लागि जग्गा उपलब्ध गराइलिदनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय पनि एन्फाले गरेको छ।

नयाँ रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गर्ने महत्वकांक्षी निर्णयसमेत बैठकले गरेको छ। रंगशाला निर्माणका लागि संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा, कार्यसमिति सदस्य मनिष जोशी रहने रहने तीन सदस्यीय समिति समेत गठन गरेको छ।

यस्तै बैठकले महिला लिग तथा छनौट फुटबल प्रतियोगिताको तीन संस्करण आयोजना गर्न ६ लाख ९८ हजार १ सय ८१ अमेरिकी बजेट विनियोजन गर्ने निर्णय गरेको छ।

बैठकले ग्रासरुट कार्यक्रम सञ्चालन गर्न १ लाख ९६ हजार १ सय १० अमेरिकी डलर, एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रो टर्फ तथा लाइट जडानका लागि ३ लाख ६४ हजार ७१३ अमेरिकी डलर, गोदावारी नगरपालिकामा रहेको खेल मैदान निर्माण गर्न १ लाख अमेकिरी डलर विनियोजन गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी बैठकले काभ्रेको धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १ लाख अमेरिकी डलर, पूर्वाधार निर्माण गर्न आवश्यक धादिङ्ग, मकवानपुर, जुम्ला लगायत कागजात पुरा गर्ने जिल्लामा ५ लाख, विभिन्न खेलकुद सामग्री खरिद गर्न ३ लाख अमेरिकी डलर, राष्ट्रिय खेलाडीहरुलाई आवागमनका लागि सुविधासम्पन्न सटल बस खरिद गर्न १ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय पनि एन्फाले गरेको छ।

त्यसैगरी लगेज डेलिभरी भ्यान खरीद गर्न २५ हजार अमेरिकी डलर, सिन्धुपाल्चोक जिल्लामा फुटवल प्रशिक्षण केन्द्र निर्माण गर्न १ लाख अमेरिकी डलर, सप्तरी जिल्लामा फुटबल खेल मैदान निर्माण गर्न १ लाख अमेरिकी डलर र कैलाली जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group