ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   ३ : २९   बजे

काठमाडौ १४ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ ।

बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो ।
त्यस्तै १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते भएका थिए । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त घटनाको कोशी प्रदेश कार्यालयले अनुगमन सुरु गरेको जानकारी दिएको छ ।

आयोगले उक्त बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरेको छ । आयोगले पटकपटक यस्ता विस्फोटक पद्धार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिस गर्दा पनि यसरी बालबालिकाको ज्यान जानु दुःखद भएको पनि बताएको छ ।

उक्त घटनाको निपपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले माग गरेको छ ।

 

त्यस्तै जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group