ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम आउँदै लेखक, यस्तो छ तीन दिने कार्यक्रम


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   १ : ३८   बजे

काठमाडौं १७ भदौ । गृहमन्त्री रमेश लेखक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर आउँदैछन्। नेपाली कांग्रेसका नेता समेत रहेका लेखक गृहमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेशको भ्रमणमा आउन लागेका हुन।

मंगलबार बिहान कैलालीको धनगढी ओर्लिने गृहमन्त्री लेखक तीन दिनसम्म यहाँका विभिन्न उद्घाटन कार्यक्रम, नेपाली कांग्रेसका कार्यकर्तासंग भेटघाट तथा बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

मंगलबार ९भाद्र १८ गते० बिहान ११ बजे कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने गृहमन्त्री लेखक त्यसपछि दिउँसो १ बजे बेलौरी र साढे २ बजे बेलडाँडीमा कार्यकर्तासंग भेटघाट गर्नेछन्।

गृहमन्त्री लेखक सोही दिन सदरमुकाम महेन्द्रनगर पुग्ने कार्यतालिकाअनुसार अपरान्ह ४ बजे कञ्चनपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन एंवम् जिल्ला सुरक्षा समितिसंग छलफल गर्ने कार्यक्रम छ।

बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट तथा अन्तक्रिया गर्नेछन्।

त्यसपछि दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि दोधारा चाँदनी नगरपालिका–३, ८ र १० को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि गृहमन्त्री लेखक कांग्रेस दोधारा चाँदनीको भवन उद्घाटन र कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ।

दोधारा चाँदनीबाट फर्किएपछि बुधबार नै मन्त्री लेखकले भीमदत्त नगरपालिकाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नेछन्। बिहिबार बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने गृहमन्त्री लेखक त्यसपछि शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ।

बिहान १० बजे झलारीबाट कैलालीको धनगढी प्रस्थान गर्ने कार्यक्रमअनुसार त्यसपछि कैलाली जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन तथा जिल्ला सुरक्षा समितिसंग छलफल गर्नेछन्।

कैलालीको धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटन र कांग्रेस कैलालीको पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट तथा अन्तक्रियापछि गृहमन्त्री लेखक बिहीबार बेलुका काठमाडौँ फर्किने कार्यक्रम तय छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group