ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   १ : ५३   बजे

काठमाडौं १७ भदौ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातमा उलेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ।

गत आर्थिक वर्ष २०८०र८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शत प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए।

चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए।

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए।

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो।

चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu