ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले नैतिकताको कसीमा उभिएर पदबाट राजीनामा दिनू पर्छ- गोकुल बास्कोटा


एबीसी न्यूज
२५ भदौ २०८१, मंगलबार   ४ : २४   बजे

काठमाडौं २५ भदौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उपसभामुख रानाले मार्गप्रशस्त गर्न उपयुक्त हुने सांसद बास्कोटाको भनाइ थियो।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गरे।

‘मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई। जब यत्रो प्रश्न उठेर सदनमा पटक पटक कुरा उठिसक्यो भने यहाँ कयौ दृष्टान्तहरू छन्। जसमध्ये म पनि एउटा हुँ,’ सांसद बास्कोटाले भने, ‘एउटा प्रश्न उठिसकेपछि मैले आफ्नो पदबाट राजीनामा दिएको थिए। म माथि छानबिन गरियोस्, दोषी भए प्रमाणित गरियोस्। तथ्यका आधारमा सत्य प्रमाणित गरियोस् र कारबाही गरियोस्।’

साथै, उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने पनि बताए।

पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने उनले बताए।

‘जब प्रश्नहरु उठछन, आफ्ना बारेमा उठदा के, अर्कोको बारेमा उठ्दा केरु यो होइन, जब गम्भिर प्रश्न उठ्दछ। हाम्रो प्रणालीभित्र, व्यक्तिका आचरण भित्र वा उसका पदीय दायित्वभित्र रहेर गर्नुपर्ने काममा उहाँले पद छोडदा भइगयो नि। त्यसमा ठूलो पद, सानो पद के रह्यो र। म त भन्छु–सांसदहरूका बारेमा पनि त्यस्ता प्रश्न उठे भने के गर्ने भनेर कानुन, नियम बनाउन। त्यति आँट राखौँ न। त्यसले सबैभन्दा राम्रो काम गर्दछ भन्ने मलाई लाग्दछ। पारदर्शिताका लागि पनि मार्ग प्रशस्त गरे हुन्छ,’ उनले भने।

लोकतन्त्रको व्यवस्थामा सबैमाथि प्रश्न उठाउने भन्दै उनले नैतिकताको कसीमा जाँचिन पनि आग्रह गरे।

‘लोकतन्त्र नै त्यो व्यवस्था हो, जसले सबैमाथि प्रश्न उठाउन पाउँदछ। र जसलाई नैतिकताको कसीमा जाँचिनु छ। उहाँले त्यसलाई चुनौति दिनका निम्ति आफूमाथिको निष्पक्षतालाई चुनौती दिनका लागि, सहीपनालाई चुनौती दिनका निम्ति र अरुलाई गलत प्रमाणित गरेर आफूलाई सही प्रमाणित गर्ने अवसर पनि लोकतन्त्र र कानुनी राजमा हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu