ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   ७ : ३५   बजे

काठमाडौं २६ भदौ । राष्ट्रिय सभाको दुईवटा समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभापतिहरूको निर्वाचन भदौ ३१ गते गर्नेगरी समय निर्धारण गरेका हुन्।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे गर्नेगरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।

भदौ ३० गते बिहान १०ः३० देखि १२ः३० सम्म प्रस्ताव दर्ता गर्ने, दिउँसो १ बजे निर्धारित समयमा दर्ता भएका प्रस्तावको सूची प्रकाशन गर्ने र ३१ गते सम्बन्धीत समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस् भनी सोही समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को सदस्यको समर्थन सहित राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम ९२० बमोजिम प्रस्ताव दर्ता गर्न सकिने जनाइएको छ।

विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादीकी जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका माया प्रसाद शर्मा सभापति रहेका थिए।

राष्ट्रिय सभा नियमावली अनुसार सभापतिको पदावधी २ वर्षको हुन्छ। यी दुई समितिका सभापतिको पदावधी सकिएकाले निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu