ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा–मुग्लिन सडक निर्माणमा ढिलाइले दुर्घटनाको जोखिम


एबीसी न्यूज
२७ भदौ २०८१, बिहिबार   १२ : ४३   बजे

काठमाडौं २७ भदौ । बुधबार तनहुँमा भएको छुटाछुटै सवारी दुद्र्यटनामा परेर एक जनाको मुत्यु र ११ जना घाइते भए । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको भयो भने आँबुखैरेनीमा खहरेमा यात्रुवाहक बस खस्दा ११ जना घाइते भए ।

फरकफरक दुर्घटना भए पनि दुवैको कारण प्रकृति भने एकै छ, तीव्र गति । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पछिल्लो समय पृथ्वीराजमार्गमा भएका अधिकांश दुर्घटना तीव्रकै कारण भएका छन् ।

रायका अनुसार बुधबार ११ जना घाइते हुने गरी भएको बस दुर्घटनाको कारण एकातिर तीव्र गति हो भने अर्कातिर सडकको कारण पनि हो । पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक रूपमा सवारी दुर्घटनाहरू बढ्न थालेको स्थानीय बताउँछन् ।

स्थानीय सफल पण्डित भन्छन्, ‘कतै सडक पीच भएको छ भने कतै खाल्डाखुल्डीका कारण दुर्घटनाहरू बढिरहेका छन् ।’

निर्माणाधीन अवस्थामा रहेको उक्त राजमार्गमा तीव्र गतिमा सवारी साधन कुदाउँदा दुद्र्यटना हुने गरेको आँबुखैरेनी–जामुने सडकखण्डका अनुज विमलीले बताए । उनका अनुसार सडक विस्तार ढिलाइले दुर्घटनामात्रै नभएर पर्यटन क्षेत्रमा पनि प्रतिकुल असर परेको छ ।

यो सडकखण्ड सहरी क्षेत्रमा ६ लेन र अन्य भागमा ४ लेनमा विस्तार भइरहेको छ । पूर्वी खण्डको काम आधाभन्दा बढी पूरा भइसकेको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ ।
पोखरा–मुग्लिन सडकको आँबुखैरेनीदेखि पोखरासम्मको पहिलो चरणको काम भइरहेको छ ।

आँबुखैरेनीदेखि जामुने र जामुनेदेखि पोखरासम्मका दुई खण्डमा काम सम्पन्न भएको छ भने आँबुखैरेनीदेखि मुग्लिनसम्मको काम अझै सुरु भएको छैन ।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आँबुखैरेनी–जामुने खण्डको निर्माण ठेक्का ६ अर्ब २१ करोडमा लिएको छ । पश्चिम खण्डको करिब ३९ किलोमिटरको काम चीनको यनहुई काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोडमा लिएको छ ।

यो काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने थियो तर प्रगति कमजोर देखिएपछि म्याद १०१ दिन थप गरिएको छ । हालसम्म पश्चिम खण्डमा २० किलोमिटर दुई लेन सडक कालोपत्र गरिएको छ र ५ वटा पुल निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu