ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतार पठाइयो नेपाली हरियो तरकारीको पहिलो खेप (तस्बिरहरू)


एबीसी न्यूज
२७ भदौ २०८१, बिहिबार   १ : ३०   बजे

काठमाडौं २७ भदौ । कतारमा नेपालले हरियो तरकारीको पहिलो खेप निर्यात गरेको छ।  त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा एक समारोहका बीच हरियो तरकारी कतार पठाइएको हो।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसन सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रममा नेपाली किसानले फलाएको तरकारी बिहीबार कतार पठाइएको हो।No description available.

समारोहमा सीएफआरडीका पदाधिकारी, कार्यक्रममा आबद्ध नेपाली उत्पादकलगायतले कतारी अधिकारीहरूलाई तरकारी हस्तान्तरण गरेका थिए।

कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन्। सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत काठमाडौंको दक्षिणकाली नगरपालिकामा उक्त तरकारी खेती गरिएको थियो।

 

सीएफआरडीले चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेको छ। सीएफआरडीले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियनको सीप विकासमा यो कार्यक्रम केन्द्रित गरेको थियो। त्यसपछि सन् २०२३ मा भने अफसिजन तरकारी खेतीमा तारकेश्वर नगरका किसानलाई तीनमहिने विशेष तालिम दिएको थियो।No description available.No description available.

सीटीईभीटीसँग मिलेर दिइएको तालिमसँगै सीएफआरडीले आवश्यक कृषि यन्त्र र सामग्री पनि उपलब्ध गराएको थियो। त्यसपछि यो कार्यक्रम एन–एग्रो प्रालिसँग मिलेर सीएफआरडीले दक्षिणकाली नगरपालिकामा विस्तार गरेको थियो। यसअन्तर्गत उत्पादित तरकारी बाली कतार निर्यात गरिएको सीएफआरडीले जनाएको छ।

No description available.

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu