ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, धेरैतिर सडक अवरुद्ध


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   ११ : २६   बजे

काठमाडौं २८ भदौ । बुधबार रातिदेखिको अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। सुदूरपश्चिमकार् पहाडी भेगमा पहिरोका कारण धेरैतिर सडक अवरुद्ध बनेको छ।

अविरल वर्षाले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा कतिपय बस्ती डुबानको जोखिममा छन्।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध बनेको प्रहरीले जनाएको छ। गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा पहिराले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भीमदत्त राजमार्ग अन्तगर्त अमरगढी नगरपालिका–५ र सोही पालिकाको वडा नम्बर ६ मा पर्ने भालुमारेमा पनि पहिरो खसेको छ। डडेल्धुरा डोटी जोड्ने केआई सिंह राजमार्ग अन्तगर्त गन्यापधुरा गाउँपालिका–१ रडुवामा पनि पहिरो सडक अवरुद्ध छ।

आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरोले बुडर जोगबूढा सडकखण्ड पूर्ण रुपमा बन्द छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकामा पर्ने भीमदत्त राजमार्ग सडकको ६ ठाउँमा पहिरो खसेको छ। जसले यातायातका साधन चल्न सकेका छैनन्।

अझै पनि वर्षा नरोकिएको कारण पहिरो खस्ने तथा तराईमा जल सतहले सतर्कता तह पार गरिरहेकोले सजगता अपनाउन आग्रह गरिएको छ।

श्रीमान–श्रीमती घाइते
डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएका छन्।

अविरल वर्षापछि गएराति सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको थियो। घाइतेमध्ये भागरथीको अवस्था गम्भीर रहेको छ। दुवै जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै, डोटीको केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएकी छिन्।

शुक्रबार बिहान स्थानीय वाइल बजारमा दुध पु¥याउन जाने क्रममा बालिकालाई खोलाले बगाएको थियो। अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu