ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षको मृत्यु


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   ११ : ४३   बजे

काठमाडौं २८ भदौ । बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं। २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढामगरको शव फेला परेको छ ।

शुक्रबार बिहान पुथा उत्तरगङ्गा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनास्थलमा गाउँपालिका उपाध्यक्ष बुढामगरको शव फेला परेको बताउनुभयो । निरीक्षक पौडेलले गाउँपालिका उपाध्यक्षको परिचय पत्रका आधारमा पहिचान खुलेको जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु हुने तीन जनामध्ये एक जनाको सनाखत भएको उहाँले बताउनुभयो । अन्य मृतक एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । जिप मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

संसद् बैठकमा सांसदहरूको गर्जन: नतिजादेखि दुर्घटनासम्मका विषयमा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

झलनाथ खनालको आह्वान: ‘कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र, अब वामपन्थी एकता अनिवार्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu