ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट भाषण तोकिएको प्रदेश सभा बैठकमा प्रतिपक्षको अवरोध


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   ४ : ४४   बजे

काठमाडौं ३१ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।

प्रदेश सरकारले सोमबार बजेट वक्तत्व प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा बैठक प्रतिपक्ष दल माओवादी र एकीकृत समाजवादीले अवरुद्ध गरेका हुन्।

बजेट प्रस्तुत गर्न ३ बजे बोलाइएको प्रदेश सभा बैठक प्रतिपक्षको अवरोधले २० मिनेटका लागि स्थगित गरिएको छ।

सभामुख भीमबहादुर भण्डारीले बैठक प्रारम्भ गर्दा माओवादी र एकीकृत समाजवादीका सांसद उभिएर विरोधमा उत्रिए। नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावलले गैरसंवैधानिक तरिकाले बजेट ल्याउन लागिएको भन्दै विरोधमा उत्रिएको बताए।

‘असार १ गते प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था छ। संवैधानिक व्यवस्थालाई कुल्चेर झण्डै दुई महिनापछि अर्को बजेट ल्याउन खोजिँदैछ,’ उनले भने, ‘यो कुन संविधानको अनुसार गर्न लागिएको होरु यस्तो गैरकानूनी असंवैधानिक कदमलाई हामी स्वीकार्न सक्दैनौँ।’

असार १ गते नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेट ल्याउँदा पास गर्न नदिएको उनको आरोप छ।

प्रतिपक्षी दलका सांसदले संसदमा ‘गैरसंवैधानिक प्रक्रिया बन्द गर्, दुईवटा बजेट ल्याउन पाइँदैन’ भन्ने नारा लगाएर विरोधमा उत्रिए।

सोडारी नेतृत्वको यसअघिको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याएको थियो। प्रदेशसभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो।

त्यसपछि सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu