ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय जनप्रतिनिधिबाट पानीका लागि कुवा संरक्षण


admin
२१ फाल्गुन २०७४, सोमबार   १२ : १५   बजे

डडेल्धुरा, २१ फागुन । जिल्लाका विभिन्न स्थानमा खानेपानीका लागि प्राचीनकालीन, धार्मिक तथा ऐतिहासिक कुवाको सरंक्षणमा स्थानीय तहका जनप्रतिनिधि लागिपरेका छन् । 

सुक्खा मौसमको शुरुवात्सँगै जिल्लाका विभिन्न स्थानमा पानीका मूल सुक्ने समस्या बढ्दै गएकाबेला स्थानीय जनप्रतिनिधि भने कुवाको संरक्षण र संवद्र्धनमा जुटेका हुन् ।

अजयमेरु गाउँपालिका– ४ चिपुर र ५, ६ देवलका विभिन्न गाउँमा रहेका कुवालाई पानीका लागि मर्मत गरिरहेको चिपुरका दिनेश भाटले बताउनुभयो । अन्य मूल सुक्न थालेपछि गाउँमा पानीको समस्या हुन नदिन परापूर्वकालमा निर्माण भएका कुवालाई संरक्षण गरी धार्मिक महत्वलाई समेत जोगाउन गाउँपालिका लागिपरेको अजयमेरु गाउँपालिकाका प्रशासनिक अधिकृत खेमराज पौडेलले बताउनुभयो ।

जिल्लाभरि पुरानो कला र शैलीमा निर्माण भएका कुवामा मौसम अनुकूलको पानी आउने र तिनीहरुको संरक्षण मर्मत सम्भार गर्न सके दूरदराजका गाउँमा पानीको हाहाकार नहुने नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओली बताउनुहुन्छ । हिउँदमा तातो पानी र गर्मीमा चिसो पानी पाइने भएकाले सधैँ कुवाको पानी प्रयोग गर्ने गरेको अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जनाउनुभयो ।

वडा तथा गाउँपालिकाको थोरै बजेटले पनि कुवा मर्मत गर्न सकिने भएकाले जिल्लाभरि रहेका कुवाको जगेर्ना गरिनुपर्ने स्थानीयवासीको माग छ । खानेपानीका योजना लागू हुनुभन्दा पहिले सबैले पानीका लागि कुवा नै प्रयोग गर्दै आएका छन् । पछिल्लो समय गाउँमा खानेपानी योजना आएसँगै कुवा जीर्ण बन्दै गएका छन् ।

अजयमेरु गाउँपालिकाका कतिपय स्थानका कुवा लोप भएका छन् । अहिले जीर्ण अवस्थामा रहेका कुवाको संरक्षण गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताउनुभयो । जिल्लाका विभिन्न गाउँमा निर्माण गरिएका खानेपानीका योजना वर्षदिन नपुग्दै मूल सुकेरजाने समस्या देखिएपनि सदियौँदेखिका कुवा मर्मत नहुँदा जीर्ण अवस्थामा छन् ।

भागेश्वर गाउँपालिकाको रुपाल भागेश्वर र बगरकोटका गाउँमा रहेका कुवा संरक्षणका लागि काम अगाडि बढाइएको गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले बताउनुभयो । पानी सधैँ पाइने भएकाले कुवा संरक्षण जरुरी रहेको उहाँको भनाइ छ । जिल्लाका रुपाल, भागेश्वर, समैजी, अजयमेरु, कोटेली, नवदुर्गा, देवल, भद्रपुर र अमरगढी नगरपालिकाभित्र कुवा जिर्ण अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu