Files, images, and data analysis are unavailable until usage resets at 7:24 PM. Continue chatting with text only, or upgrade for more access.
Originally published on abcnews.com.np.
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले पार्टीको जम्बो केन्द्रीय कमिटीप्रति असन्तुष्टि जनाएकी छन्।
शनिबार आयोजित कार्यक्रममा बोल्दै भुसालले ठूलो आकारको कमिटीले कम्युनिस्ट पार्टीलाई बलियो बनाउन नसक्ने बताइन्। दर्जनौँ पार्टी एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीले ठूलो संगठन बनाए पनि निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको उनको भनाइ छ।
‘एकताका नाममा बनेको भद्दा संगठनमा जनवादको अभ्यास नै छैन। तलका समिति यति ठूला बनेर गएका छन्, जहाँ दोहोरो संवाद करिब–करिब हुँदैन। दोहोरो संवाद हुने गरी हाम्रा कमिटी बनेका छैनन्,’ उनले भनिन्।
पार्टीमा पदाधिकारी तहकै कमिटी ४५ सदस्यीय रहेको उल्लेख गर्दै उनले यस्तो संरचना कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्रअनुकूल नभएको टिप्पणी गरिन्।
भुसालले पार्टीका नेता तथा कार्यकर्तामा पदप्रतिको मोह बढ्दै जाँदा संगठन ठूलो र भद्दा बन्दै गएको बताइन्। आगामी मंसिरमा हुने महाधिवेशनबाट पार्टीका कमिटीलाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।
पछिल्लो समय मुलुक गम्भीर संकटमा परेको दाबी गर्दै भुसालले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई समेत सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्