ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार भरत लामिछानेमाथि भएको आक्रमणप्रति महासंघको आपत्ति


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   ४ : ०३   बजे

काठमाडौं ८ असोज ।   नेपाल पत्रकार महासंघले महासंघ काठमाडौं शाखाका सदस्य एवं नेसनल न्यूजका सम्पादक तथा मेगा टेलिभिजनमा कार्यरत पत्रकार भरत लामिछानेमाथि अपरिचित व्यक्तिबाट भएको आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार लामिछानेले आफूमाथि भएको आक्रमणको विवरणसहित नेपाल पत्रकार महासंघमा निवेदन दिएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ।

असोज ४ गते शुक्रबार बिहान ७ः४५ बजेको समयमा नयाँबानेश्वर चोकबाट फुटपाथ हुँदै हिँडेर बिजुलीबजारस्थित टेलिभिजनको कार्यालय जाने क्रममा फुटपाथबाट मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले पछ्याएपछि ट्राफिक नियमविपरीत रहेको भनी ती अपरिचित व्यक्तिको मोबाइलबाट फोटो खिँचेपछि आफूलाई ती अपरिचित व्यक्तिहरूले जाथाभावी गालीगलौज गर्दै कुटपिट गरेको तथा मोबाइल खोसेर फोटो मेटाइ माफीसमेत माग्न लगाएको पत्रकार लामिछानेको निवेदनमा उल्लेख छ।

कुनै पनि बहानामा पत्रकारमाथि यसप्रकारको व्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group