ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आफूलाई पक्राउ गर्ने उद्देश्यले छविलाल गिरफ्तार’ दशैंका बेला पक्राउ गरे प्रतिवाद हुने रविको चेतावनी


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   १० : ०४   बजे

 

काठमाडौं ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने उद्देश्यले उनका पूर्व सहकर्मी तथा पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गरिएको दाबी गरेका छन्।

मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले ग्यालेक्सी टीभीका संचालक पूर्व डीआइजी जोशीलाई पक्राउ गरेर आफूलाई पनि पक्राउ गर्न षड्यन्त्र गरिएको बताए। लामिछानेले आफ्नो बोल्ने माध्यम फेसबुक मात्र रहेको भन्दै मूलधारका मिडियाका समाचारहरुमाथि अन्तराष्ट्रिय संस्थालाई अनुगमन गरिदिन पनि आग्रह गरे ।

उनले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको भन्दै आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको पहलिो पटक बताएका छन
फेरि पनि उनले षड्यन्त्र गरे प्रतिवाद गर्न आफ्न समर्थकलाई आह्वान गरेका छन् ।

 

‘कानुनी प्रक्रियामा मेरो पूर्णरूपले साथ रहन्छ। मैले कहाँ आउनुपर्छ, मैले बयान दिन आउनुपर्छ कि, मैले पोखरा जानुपर्छ कि काठमाडौं आउनुपर्छ कि, कहाँ जानुपर्छ, म तयार छु। म थुनिनुपर्छ कि, तयार छु। म हिरासत बस्नुपर्छ कि, म तयार छु। तर, षड्यन्त्र गरेर होइन, झुक्याएर, छक्याएर, छलेर होइन’ उनले भने।

आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने भय व्यक्त गर्दै जस्तो बेला भएपनि आफ्ना समर्थकलाई प्रतिरोध गर्न पटक पटक उनले आग्रह गरे ।

उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन। आधार प्रमाणले यी चिजहरू देखियो भन्नुस्, मेरो झोला रेडी छ। तर, छलछाम स्वीकार्य छैन।’
आफू सहकारी ठग नभएको पटक पटक दोहराएका लामिछानेले ३८ मिनेट लामो फेसबुक प्रवचनमा मूलधारका मिडिया, जिवि राइको लगानी अन्नपूर्ण पोष्टमा पनि भएको, मिडियाले आफूलाई खेदिरहेको र कांग्रेस एमालेका नेताहरुप्रति चर्को असन्तुष्टि व्यक्त गरे । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य थापालाई छानविन गरेको कुरा सवै प्रतिवेदनमै भएकाले अन्तर्वार्ता दिंदै नहिंड्न पनि चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu