ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी संगठनको सम्मेलनमा प्रचण्डले भने– तपाईंहरू सडकको बाघ, म संसद्को सिंह


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   ४ : ४९   बजे

काठमाडौं १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिनिधि सभाको सिंह बनेर निस्किएको दाबी गरेका छन्। बिहीबार अनेरास्ववियू  क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

आफ्नो दल सरकारबाट बाहिर निस्कँदैगर्दा विद्यार्थीहरू सडकका बाघ र आफू चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको प्रचण्डले दाबी गरे।

‘हामी सरकारबाट बाहिर निस्कँदै गर्दा तपाईंहरू सडकको बाघ, म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको छु,’ प्रचण्डले भने, ‘तपाईंहरूले सडकको बाघ भन्नुभएको छ, म सलाम गर्न चाहन्छु। तपाईंहरू बाघ नै भएर निस्किनुपर्छ।

 

साथै, उनले प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेको बताए।

‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदैगर्दा प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेका छन्। अब हामी जनताको बीचमा गएर जनताको तागत लिएर यिनका विरुद्धमा लड्नेछौँ भनेर कमिटमेन्ट गरेको थिएँ,’ उनले भने।

उनले विद्यार्थीहरूलाई अपिल गर्दै थप अघि भने, ‘आज राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा विद्यार्थी साथिहरूलाई अपिल गर्न चाहन्छु, तपाईंहरूको साथ मिल्यो भने केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu