ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनिस ला लिगा: एथलेटिको मड्रिडको नाटकीय जित


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १ : ३३   बजे

काठमाडौं ११ असोज । अन्तिम समयमा जुलियन अल्भारेजले गोल गरेपछि एथलेटिको मड्रिडले स्पेनिस ला लिगामा नाटकीय जित दर्ता गरेको छ।

बिहीबार राति भएको खेलमा एथलेटिकोले सेल्टा डि भिगोमाथि १–० को रोमाञ्चक जित निकाल्दै हारबाट जोगिएको हो।

जितसँगै एथलेटिको ला लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगको सात खेलमा चारमा खेलमा जित र ३ खेलमा बराबरी गरेको एथलेटिको १५ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

 

समान खेलबाट २१ अंक भएको बार्सिलोना शीर्ष र १७ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ।

मोटो रकममा एथलेटिको पुगेका अल्भारेजले खेलको अन्तिम मिनेटमा एन्टोइन ग्रिजम्यानको क्रसलाई सदुपयोग गर्दै बललाई उत्कृष्ट फिनिसिङ दिएका थिए।

गएराति नै भएको अर्को खेलमा भिल्लारियलले स्पान्योलमाथि २–१ को जित दर्ता गरेको थियो। जितसँगै भिल्लारियल १४ अंकमा तालिकाको चौथो स्थानमा छ।

अर्को खेलमा भने लस पलमास र रियल बेटिसले १–१ को बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group