काठमाडौँ । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ।
९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो।
श्रेष्ठ विगत ६ दशकदेखि साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषा र नेपाली भाषामा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए।
साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो। उनलाई सन् २०१० अर्थात् विसं २०६७ मा प्रतिष्ठित ‘जगदम्बा श्री पुरस्कार’बाट समेत सम्मान गरिएको थियो।
श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका नेता, मन्त्री तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्