ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटको नाममा ठगी, चार जना पक्राउ


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : १५   बजे

काठमाडौं । नेपाल प्रहरीले बैंकबाट फोन गरेको भन्दै केवाइसी (KYC) अपडेटका नाममा सर्वसाधारणको बैंक खाता नियन्त्रणमा लिएर रकम ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।

साइबर ब्यूरोका अनुसार उनीहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारी भएको झुटो परिचय दिँदै विशेषगरी बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई लक्षित गरेर फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए।

प्रहरीका अनुसार ठगी गर्ने समूहले फोनमा बैंक खाताको केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने भन्दै पीडितलाई विश्वासमा पार्ने गरेका थिए। त्यसपछि उनीहरूले मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटीपी (OTP) कोड माग्ने वा पीडितको मोबाइलमा आएको ओटीपी प्राप्त गर्ने प्रयास गर्ने गरेका थिए।

ओटीपी तथा अन्य संवेदनशील विवरण प्राप्त गरेपछि पीडितको बैंक खातामा अनधिकृत रूपमा पहुँच बनाई रकम अन्य बैंक खातामा रकमान्तर गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार यसरी विभिन्न प्रलोभन तथा झुटा विवरण प्रस्तुत गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको गुनासो प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबीच समन्वय रहेको र उनीहरू संगठित रूपमा साइबर ठगीमा संलग्न रहेको तथ्य फेला परेको प्रहरीको दाबी छ।

प्रहरीले उनीहरूबाट ठगीका लागि प्रयोग भएका डिजिटल माध्यम तथा अन्य विवरणसमेत अनुसन्धानको दायरामा राखेको जनाएको छ। पक्राउ परेका चारै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरेर हुने ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बैंकका कर्मचारीले फोन वा सामाजिक सञ्जालमार्फत ओटीपी, पासवर्ड, एटीएम पिन, मोबाइल बैंकिङ पासवर्ड वा अन्य गोप्य विवरण माग्दैनन् भन्दै प्रहरीले यस्ता विवरण कसैलाई पनि उपलब्ध नगराउन अनुरोध गरेको छ।

विशेषगरी केवाइसी अपडेट, खाता नवीकरण, पुरस्कार प्राप्त भएको, ऋण स्वीकृत भएको वा बैंक खाता बन्द हुन लागेको जस्ता बहाना बनाएर सम्पर्क गर्ने व्यक्तिको पहिचान पुष्टि नगरी कुनै पनि लिंक खोल्न, स्क्रिन सेयर गर्न वा गोप्य कोड उपलब्ध गराउन नहुने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साइबर ठगीमा संलग्न समूहहरूले प्रविधिको प्रयोगसँगै मानिसको मनोविज्ञानलाई समेत प्रयोग गर्ने गरेका छन्। बैंक तथा सरकारी निकायको नाम लिएर तत्काल निर्णय गर्न दबाब दिने, खाता बन्द हुने डर देखाउने वा आर्थिक लाभको प्रलोभन दिने जस्ता तरिका अपनाएर पीडितलाई संवेदनशील विवरण उपलब्ध गराउन बाध्य पार्ने गरिएको छ।

त्यसैले कुनै पनि शंकास्पद फोन वा अनलाइन सम्पर्क आएमा सम्बन्धित बैंकको आधिकारिक फोन नम्बर वा शाखामार्फत आफैं सम्पर्क गरी विवरण पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ। साइबर अपराधबाट बच्न व्यक्तिगत तथा वित्तीय विवरणको सुरक्षा, दुई तहको प्रमाणीकरण र मोबाइल बैंकिङ सुरक्षासम्बन्धी सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

विद्युत् निर्यातलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन : मन्त्री श्रेष्ठ

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

होटलमा सई र युवती बसेको भिडियो खिच्ने स्थानीयको खोजी, प्रहरीद्वारा कारबाहीको तयारी

सरकारलाई असफल हुने छुट छैन, शासन गर्ने संस्कार बदल्नुपर्छ : सांसद पन्थी

एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्‍यो

वैदेशिक रोजगारीको कमाइ र सम्पत्ति विवादले निम्त्याएको हत्या : श्रीमतीलाई जन्मकैद सदर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu