ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : ४५   बजे

काठमाडौं । नेपालमा कार्यरत केही विदेशी चिकित्सकले पेश गरेका शैक्षिक तथा व्यावसायिक प्रमाणपत्र फर्जी रहेको पाइएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विदेशी चिकित्सकको दर्ता तथा पेशागत प्रमाणपत्रमाथि छानबिन सुरु गरिएको जानकारी दिएको हो।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार विदेशी नागरिक चिकित्सकहरूको दर्ता तथा प्रमाणपत्र छानबिन गर्न विशेष समिति गठन गरिएको छ।

नेपालमा चिकित्सकीय अभ्यासका लागि दर्ता गर्न विदेशी चिकित्सकहरूले आवश्यक कागजात पेश गरेका थिए। तीमध्ये केही कागजात शंकास्पद देखिएपछि काउन्सिलले सम्बन्धित देशका मेडिकल नियामक निकाय तथा मेडिकल काउन्सिलसँग सम्पर्क गरी प्रमाणपत्रको आधिकारिकता जाँच गरेको थियो।

छानबिनका क्रममा केही विदेशी चिकित्सकले पेश गरेका ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित नियामक निकायबाट जारी नभएको पुष्टि भएको काउन्सिलले जनाएको छ। ती प्रमाणपत्र फर्जी रहेको पुष्टि भएपछि काउन्सिलले विदेशी नागरिक चिकित्सकको दर्ता प्रक्रियामै तत्काल रोक लगाएको हो।

केही चिकित्सकको दर्ता प्रक्रिया स्थगित

काउन्सिलका अनुसार फर्जी कागजात पेश गरेको पुष्टि भएका केही विदेशी चिकित्सक तथा थप छानबिनमा रहेका चिकित्सकहरूको दर्ता प्रक्रिया स्थगित गरिएको छ।

काउन्सिलले विदेशी चिकित्सकको दर्तालाई थप कडाइका साथ परीक्षण गर्ने निर्णयसमेत गरेको छ। विशेषगरी विदेशबाट जारी हुने शैक्षिक योग्यता, व्यावसायिक अनुमति, गुड स्ट्यान्डिङ सर्टिफिकेटलगायतका कागजात सम्बन्धित नियामक निकायबाटै जारी भएको हो कि होइन भन्ने विषयमा प्रत्यक्ष प्रमाणीकरण गरिने भएको छ।

मेडिकल कलेज र अस्पतालसँग स्पष्टीकरण

काउन्सिलले विदेशी चिकित्सकको दर्ताका लागि सिफारिस गर्ने स्वास्थ्य संस्थासँग समेत स्पष्टीकरण मागेको छ।

कागजातको आधिकारिकता यकिन नगरी विदेशी चिकित्सकको दर्ताका लागि सिफारिस गरेको पाइएपछि सम्बन्धित मेडिकल तथा डेन्टल कलेज, अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, आवेदक विदेशी चिकित्सक र उनीहरूको कागजात सनाखत गर्ने नेपाली चिकित्सकसँग लिखित स्पष्टीकरण मागिएको डा. पाण्डेले बताए।

स्पष्टीकरण माग गरिएका सम्बन्धित व्यक्तिहरूलाई आवश्यक बयानका लागि काउन्सिलमा उपस्थित गराउने निर्णयसमेत गरिएको छ।

विदेशी चिकित्सकको समग्र अवस्था जाँचिँदै

काउन्सिलले नेपालका विभिन्न मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालमा कार्यरत विदेशी चिकित्सकको दर्ता अवस्था, कार्यक्षेत्र र व्यावसायिक गतिविधिबारे समेत विस्तृत अनुसन्धान गर्ने भएको छ।

यसका लागि गठन गरिएको विशेष समितिले विदेशी चिकित्सकहरूले पेश गरेका प्रमाणपत्र, उनीहरूको दर्ता प्रक्रिया तथा नेपालमा भइरहेको व्यावसायिक अभ्यासको आवश्यक परीक्षण गर्नेछ।

काउन्सिलले विदेशी चिकित्सकका शैक्षिक तथा व्यावसायिक योग्यताको पूर्ण प्रमाणिकता सुनिश्चित गर्नु आफ्नो नियामक जिम्मेवारी भएको जनाएको छ।

स्वास्थ्य सेवाको गुणस्तरमा कडाइ

चिकित्सकको शैक्षिक योग्यता तथा व्यावसायिक प्रमाणपत्रको आधिकारिकता स्वास्थ्य सेवाको गुणस्तर र बिरामीको सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले प्रमाणपत्र प्रमाणीकरणमा थप कडाइ गर्नुपर्ने आवश्यकता देखिएको काउन्सिलको भनाइ छ।

फर्जी प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास भइरहेको पाइएमा सम्बन्धित व्यक्ति मात्र नभई दर्ताका लागि सिफारिस गर्ने संस्था र कागजात प्रमाणित गर्ने जिम्मेवार व्यक्तिमाथि समेत आवश्यक कानुनी तथा नियामक कारबाही अघि बढाइने संकेत काउन्सिलले दिएको छ।

विशेष समितिको अनुसन्धानपछि विदेशी चिकित्सकको दर्ता, प्रमाणपत्रको वैधता र सम्बन्धित स्वास्थ्य संस्थाको भूमिकाबारे थप निर्णय गरिने काउन्सिलले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं नेतृत्वको टोली र सरकारबीच सिंहदरबारमा वार्ता सुरु

मन्त्रीको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङ बैठकबाट बाहिरिइन्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

१० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि कांग्रेस सांसद प्रकाशबहादुर देउवा पदमुक्त

दुर्गा प्रसाईं नेतृत्वको टोली र सरकारबीच सिंहदरबारमा वार्ता सुरु

मन्त्रीको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङ बैठकबाट बाहिरिइन्

श्रीलंकामा पुरुषको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो

चिठी बोकेर आउने लाहुरेको खबरदेखि भिडियो कलसम्म : बदलिँदो नेपाली विदेशिने संस्कृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu