ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङ बैठकबाट बाहिरिइन्


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ प्रतिनिधिसभाको बैठकबाट बाहिरिएकी छन्।

मन्त्री खनालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका बेला सांसद तामाङले उठेर थप प्रश्न राख्न खोजेकी थिइन्। तर सभामुखले तत्काल बोल्ने समय नदिएपछि उनी र सभामुखबीच केहीबेर भनाभनजस्तो अवस्था बनेको थियो।

सभामुखले ‘मैले बोल्ने समय दिएको छैन, बस्नुहोस्’ भन्दै उनलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। तर तामाङले आफ्नो प्रश्नको जवाफ स्पष्ट नभएको भन्दै बोल्न पाउनुपर्ने अडान राखेकी थिइन्।

यसअघि सभामुखले अघिल्लो दिन यस विषयमा रुलिङ गरेका थिए। त्यसपछि परराष्ट्रमन्त्री खनालले आज प्रतिनिधिसभामा सरकारको तर्फबाट जवाफ दिएका हुन्। तर मन्त्रीको जवाफबाट आफू सन्तुष्ट नभएको जनाउँदै तामाङले पुनः प्रश्न उठाउन खोजेकी थिइन्।

सभामुखले संसद्को मर्यादा कायम गर्न निर्देशन दिएपछि तामाङले आफ्नो झोला उठाएर बैठकस्थलबाट बाहिरिएकी हुन्।

सांसद तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सरकारसँग जवाफ मागेकी थिइन्। मृतकको शव लामो समयदेखि विदेशमै रहेको भन्दै उनले सरकारको उद्धार तथा शव नेपाल ल्याउने प्रक्रियाबारे प्रश्न उठाएकी थिइन्।

उनले यही विषयमा परराष्ट्रमन्त्री खनालसँग जवाफ मागे पनि प्राप्त जवाफ आफूले अपेक्षा गरेअनुसार नभएको बताएकी थिइन्। घटनापछि प्रतिनिधिसभा बैठकमा केही समय असहज अवस्था देखिएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Threatens Military Action Against Oman Amidst Stalled US-Iran Talks

China Advances Draft Law Targeting Cross-Border Corruption

Macao Unveils Ambitious Five-Year Development Plan

China Targets County-Level Consumption to Boost Domestic Demand

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu