ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटलमा सई र युवती बसेको भिडियो खिच्ने स्थानीयको खोजी, प्रहरीद्वारा कारबाहीको तयारी


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : ३५   बजे

धुलिखेल । काभ्रेको नमोबुद्ध बजारस्थित एक होटलमा पूर्वम्यादी प्रहरी रहेकी युवतीसँग बसेका प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठलाई ‘रङ्गेहात भेटिएको’ भन्दै नियन्त्रणमा लिने स्थानीय युवाहरूको खोजी प्रहरीले थालेको छ।

भकुण्डेबेसीस्थित प्रहरी चौकीका इञ्चार्जसमेत रहेका सई श्रेष्ठ आइतबार राति नमोबुद्ध बजारको एक होटलमा ती युवतीसँग बसेका थिए। श्रेष्ठ विवाहित हुन् भने युवती अविवाहित रहेको प्रहरीले जनाएको छ।

मध्यरातमा केही स्थानीय युवाहरू होटलको कोठामा प्रवेश गरी दुवैलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूले सई र युवतीको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

प्रहरीका अनुसार कुनै पनि महिला र पुरुष आपसी सहमतिमा होटलमा बसेको विषयमा सर्वसाधारणले आफैं हस्तक्षेप गरी कोठामा प्रवेश गर्ने, नियन्त्रणमा लिने वा भिडियो खिचेर सार्वजनिक गर्ने अधिकार हुँदैन। त्यसैले घटनामा संलग्न युवाहरूलाई व्यक्तिगत गोपनीयता उल्लंघन गरेको आरोपमा अनुसन्धानको दायरामा ल्याउन लागिएको हो।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको विषयमा व्यापक चर्चा र आलोचना सुरु भएको थियो। प्रहरीले भिडियो खिच्ने तथा सार्वजनिक गर्ने व्यक्तिहरूको पहिचान र खोजी तीव्र बनाएको जनाएको छ। प्रहरीको खोजीबारे जानकारी पाएपछि उनीहरू फरार रहेको बताइएको छ।

पाँचखाल घर भएकी युवतीलाई भने सामान्य सोधपुछपछि प्रहरीले छाडेको छ।

भिडियो खिच्नेविरुद्ध अनुसन्धान

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले सई श्रेष्ठ र युवतीको निजी मामिलामा हस्तक्षेप गरी होटलको कोठाभित्रको दृश्य खिचेर सार्वजनिक गर्ने व्यक्तिहरूको खोजी भइरहेको बताए।

उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि विभिन्न प्रमाण संकलन भइरहेको छ।

‘भिडियो खिच्नेहरू अहिलेसम्म भेटिएका छैनन्। उनीहरूका विषयमा विभिन्न प्रमाण संकलन गरिरहेका छौँ। त्यसपछि कसलाई के कारबाही गर्ने भन्ने यकिन हुन्छ,’ एसपी कार्कीले भने।

प्रहरीले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यलाई समेत अनुसन्धानको विषय बनाएको छ।

सईमाथि पनि विभागीय कारबाही

प्रहरीले स्थानीय युवाहरूको गतिविधिलाई गैरकानुनी भने पनि सई श्रेष्ठलाई भने पूर्ण रूपमा उन्मुक्ति दिएको छैन। विवाहित भएर पनि अर्की युवतीसँग होटलमा रात बिताएको विषयलाई प्रहरी आचरणसँग जोडेर उनीमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको एसपी कार्कीले बताए।

तर घटना ड्युटीको समयमा नभएको र महिला तथा पुरुषबीच आपसी सहमति रहेको प्रारम्भिक विवरणका आधारमा यसलाई गम्भीर आपराधिक घटनाका रूपमा नलिइएको प्रहरीले जनाएको छ।

एसपी कार्कीका अनुसार प्रहरी कर्मचारीले आफ्नो कार्यक्षेत्रमै यस्तो गतिविधि गर्दा प्रहरी संगठनप्रतिको जनविश्वास र प्रतिष्ठामा असर पर्न सक्ने भएकाले विभागीय रूपमा त्यसलाई हेर्नुपर्ने अवस्था आएको हो।

स्थानीयसँग पुरानै विवाद रहेको दाबी

प्रहरी स्रोतका अनुसार सई श्रेष्ठ स्थानीयस्तरमा विवादरहित अधिकारी थिएनन्। नदी आसपासका बस्तीबाट सर्वसाधारणले घर निर्माणका लागि निर्माण सामग्री लैजान खोज्दा रोक लगाउने लगायतका विषयमा उनीप्रति केही स्थानीयको असन्तुष्टि रहेको बताइएको छ।

त्यही असन्तुष्टिका कारण स्थानीय युवाहरूले सईको निजी जीवनमा हस्तक्षेप गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ। यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा हालसम्म सई श्रेष्ठको परिवारको तर्फबाट कुनै औपचारिक उजुरी वा सरोकार व्यक्त नभएको प्रहरीले जनाएको छ।

गोपनीयता र प्रहरी आचरणमाथि प्रश्न

घटनाले एकातर्फ प्रहरी कर्मचारीको व्यक्तिगत आचरण र विभागीय जिम्मेवारीबारे प्रश्न उठाएको छ भने अर्कोतर्फ सर्वसाधारणले कसैको निजी जीवनमा हस्तक्षेप गरी भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाउने वा नपाउने विषयमा पनि बहस सिर्जना गरेको छ।

प्रहरीले होटलमा महिला र पुरुष बसेको विषयमा सर्वसाधारणले आफैं ‘छापा’ मार्ने वा मानिस नियन्त्रणमा लिने कार्यलाई कानूनसम्मत नमानिने स्पष्ट पारेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान भएपछि कानूनबमोजिम कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

चिठी बोकेर आउने लाहुरेको खबरदेखि भिडियो कलसम्म : बदलिँदो नेपाली विदेशिने संस्कृति

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ५ अर्बभन्दा बढीको कारोबार

विद्युत् निर्यातलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन : मन्त्री श्रेष्ठ

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

सरकारलाई असफल हुने छुट छैन, शासन गर्ने संस्कार बदल्नुपर्छ : सांसद पन्थी

एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu