ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई असफल हुने छुट छैन, शासन गर्ने संस्कार बदल्नुपर्छ : सांसद पन्थी


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गोविन्द पन्थीले जनताले परिवर्तन, सुशासन र नयाँ आशाको अपेक्षासहित वर्तमान सरकारलाई ठूलो जनादेश दिएको भन्दै सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्थीले जनादेश केवल सरकार वा नेतृत्व परिवर्तनका लागि नभई शासन गर्ने शैली र संस्कार नै परिवर्तन गर्नका लागि भएको बताए। जनताको अपेक्षा पूरा गर्न सुशासनलाई सरकारको पहिलो शर्त बनाउनुपर्ने उनको भनाइ थियो।

‘यो सरकारलाई असफल हुने छुट छैन। सरकार असफल हुनु भनेको जनताको आशा असफल हुनु हो र देश फेरि निराशा तथा अराजकतातर्फ जानु हो,’ उनले भने, ‘तर जनअपेक्षा पूरा गर्ने पहिलो शर्त सुशासन हो। हामीले बिर्सनु हुँदैन, सरकार परिवर्तन भएको हो, राज्य संयन्त्र पूर्ण रूपमा परिवर्तन भएको छैन।’

पुराना कमजोरीबाट शिक्षा लिन आग्रह

सांसद पन्थीले विगतका राजनीतिक दल र नेताहरूले व्यवस्था परिवर्तनका लागि ठूलो त्याग र संघर्ष गरेको स्मरण गर्दै उनीहरूको उद्देश्यसमेत देशको विकास र नागरिकको जीवनस्तर सुधार गर्नु नै रहेको बताए।

तर लामो राजनीतिक संघर्ष र पटक–पटकका परिवर्तनपछि पनि अपेक्षाअनुसार परिणाम किन आउन सकेन भन्ने विषयमा नयाँ राजनीतिक नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

‘उहाँहरूको चाहना पनि देश विकास र जनताको जीवनस्तर सुधार्नु नै थियो। तर प्रश्न छ, चाहना र प्रयास हुँदाहुँदै पनि अपेक्षित परिणाम किन आउन सकेन?’ उनले प्रश्न गरे।

विगतका कमजोरी पहिचान नगरी केवल नयाँ अनुहार र नयाँ नाराका आधारमा परिवर्तन खोज्दा अपेक्षित गन्तव्यमा पुग्न कठिन हुने उनले बताए।

‘यो प्रश्नबाट शिक्षा नलिएर केवल नयाँ अनुहार र नयाँ नाराबाट मात्र परिवर्तन खोज्यौँ भने गन्तव्यमा पुग्न कठिन हुन्छ। विगतको कमजोरीको उपचार नगरी सुरु गरिएको नयाँ यात्राले पनि पुरानै परिणाम दिन सक्छ,’ उनले भने।

‘कर्मचारीतन्त्रलाई त्रासमा होइन, विश्वासमा लिनुपर्छ’

सांसद पन्थीले राजनीतिक नेतृत्व परिवर्तन हुँदैमा राज्य सञ्चालनको सम्पूर्ण संरचना परिवर्तन नहुने उल्लेख गर्दै स्थायी राज्य संयन्त्रमा सुधार नगरी सुशासन कायम गर्न कठिन हुने बताए।

उनले सरकारलाई राजनीतिक नेतृत्वको ‘टाउको’सँग तुलना गर्दै निजामती प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र न्यायालयलाई राज्यका स्थायी तथा महत्त्वपूर्ण अंगका रूपमा व्याख्या गरे।

‘टाउकाले मात्र काम गरेर हुँदैन, शरीरका सबै अंग स्वस्थ र सक्रिय हुनुपर्छ,’ उनले भने, ‘त्यसैले कर्मचारीतन्त्रलाई त्रासमा होइन, विश्वासमा लिएर उत्प्रेरित गर्नुपर्छ।’

सक्षम, इमानदार र परिवर्तनलाई आत्मसात् गर्न सक्ने कर्मचारीको पहिचान गरेर उनीहरूलाई जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिए।

आफ्नो प्रशासकीय अनुभव उल्लेख गर्दै पन्थीले भने, ‘सही व्यक्तिलाई सही जिम्मेवारी दिनुपर्छ। मेरो प्रशासकीय अनुभवले भन्छ—यस्ता कर्मचारीलाई अगाडि ल्याउन सकियो भने उनीहरूले समग्र संयन्त्रलाई सही दिशामा डोर्‍याउन सक्छन्।’

अख्तियार पुनर्संरचना गर्नुपर्ने प्रस्ताव

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रभावकारी, व्यावसायिक र संस्थागत बनाउनुपर्ने सांसद पन्थीको भनाइ छ।

उनले अख्तियारको संरचना र कार्यप्रणालीमै सुधार आवश्यक रहेको भन्दै त्यसको पुनर्संरचनामा समेत ध्यान दिन सरकारलाई आग्रह गरे।

‘सुशासन भाषणबाट होइन, प्रणाली सुधारबाट आउँछ,’ उनले भने।

राज्यका निकायलाई प्रभावकारी बनाउने, योग्य व्यक्तिलाई जिम्मेवारी दिने र संस्थागत प्रणालीलाई बलियो बनाउने कामबाट मात्रै नागरिकले अनुभूति गर्ने गरी परिवर्तन सम्भव हुने उनको भनाइ थियो।

‘जनताले सरकार मात्रै होइन, शासन संस्कार बदल्न मत दिएका हुन्’

पन्थीले विगतको पुस्ताले राजनीतिक व्यवस्था परिवर्तनका लागि आफ्नो भूमिका निर्वाह गरेको उल्लेख गर्दै अब वर्तमान पुस्ताको मुख्य जिम्मेवारी जनताको दैनिक जीवनमा वास्तविक परिवर्तन ल्याउनु रहेको बताए।

‘विगतका पुस्ताले ठूलो त्याग गरेर व्यवस्था परिवर्तन गर्नुभयो। अब हाम्रो पुस्ताको जिम्मेवारी जनताको जीवनमा परिवर्तन ल्याउनु हो,’ उनले भने।

जनताले नयाँ राजनीतिक शक्तिलाई केवल सरकार परिवर्तन गर्न नभई शासन सञ्चालनको संस्कार बदल्न र समृद्धिको आधार तयार गर्न मत दिएको उनको भनाइ थियो।

‘जनताले हामीलाई केवल सरकार बदल्न होइन, शासन गर्ने संस्कार बदल्न र समृद्ध नेपाल बनाउन मत दिएका हुन्,’ उनले भने, ‘त्यसैले विगतबाट शिक्षा लिँदै राज्य संयन्त्र सुधारौँ, योग्यलाई सही जिम्मेवारी दिऔँ र जनताको विश्वासलाई परिणाममा बदलौँ।’

सरकारको वास्तविक सफलता भाषण, घोषणा वा प्रतिबद्धताबाट नभई नागरिकको जीवनमा देखिने परिवर्तनबाट मापन हुनुपर्नेमा पन्थीले जोड दिए।

‘सरकारको सफलता कुरामा होइन, जनताको जीवनमा देखिने परिवर्तनमा प्रमाणित हुनुपर्छ,’ उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

चिठी बोकेर आउने लाहुरेको खबरदेखि भिडियो कलसम्म : बदलिँदो नेपाली विदेशिने संस्कृति

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ५ अर्बभन्दा बढीको कारोबार

विद्युत् निर्यातलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन : मन्त्री श्रेष्ठ

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

होटलमा सई र युवती बसेको भिडियो खिच्ने स्थानीयको खोजी, प्रहरीद्वारा कारबाहीको तयारी

एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu