ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ५५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठकमा हङ्गामा भएको छ।

मंगलबारको बैठकमा बोल्दै सांसद संग्रौलाले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति, अनियमितता र ‘गुन्डाराज’को क्यान्सरबाट देशलाई मुक्त गराउने दाबी गरिन्।

उनले विगत ३५ वर्षदेखिको शासन व्यवस्थाकै कारण गत भदौमा ‘जेनजी’ आन्दोलन भएको बताइन्। विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ढलेका जेनजी युवाको रगत अझै नसुकेको उनको भनाइ थियो।

संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेञ्चमा रहेका सांसदहरू उठेर विरोध जनाएका थिए।

एमाले सांसद सिद्दीकीको प्रतिवाद

संग्रौलाको अभिव्यक्तिको नेकपा (एमाले) की सांसद साजिदा सिद्दीकीले प्रतिवाद गरिन्। उनले रास्वपा नेतृत्वको सरकारले नै ‘गुन्डाराज’ चलाएको आरोप लगाइन्।

प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा त्यसलाई ‘गुन्डाराज’को संज्ञा दिन नमिल्ने भन्दै उनले आपत्ति जनाइन्। प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको उनको दाबी थियो।

जेनजी आन्दोलनको विषय उठाउनेले सिरहामा सरकारले चलाएको गोलीकाण्डबारे पनि जवाफ दिनुपर्ने सिद्दीकीले बताइन्।

सिद्दीकीको जवाफपछि सांसद संग्रौलाले पुनः प्रतिवाद गर्दै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्‍यो

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

वैदेशिक रोजगारीको कमाइ र सम्पत्ति विवादले निम्त्याएको हत्या : श्रीमतीलाई जन्मकैद सदर

‘सरकार, कोठा खाली छ?’ भन्दै माइतीघरमा सत्याग्रह गरिरहेकी दीपाको माग सम्बोधन गर्न रिमाको आग्रह

बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटको नाममा ठगी, चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu