ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलङ्काका पूर्व राष्ट्रपतिद्वारा प्राचीन तिलौराकोटको अवलोकन


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १ : ५६   बजे

काठमाडौं १३ असोज । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षेले प्राचीन तिलौराकोटको भ्रमण गर्नु भएको छ । तिलौराकोट राजा शुद्ध धनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा पुग्नुभएका उहाँले बुद्ध स्थल तिलौराकोट, कुदान र निग्लिहवाको बारेमा जानकारी लिदैं भ्रमण गर्नुभएको हो ।

राजापाक्षेसँगै श्रीलङ्काका लागि नेपाली राजदूत सुदर्शन पाथिराना समेत सहभागी थिए । श्रीलंकनहरु प्राचीन कपिलवस्तुका साथै बुद्ध जन्म स्थल लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतिले महत्वका साथ तिलौराकोट लगायतका क्षेत्रको भ्रमण गरेको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्वविद् हिमाल उप्रेतीले बताउनुभयो ।

पूर्व राष्ट्रपतिले तिलौराकोटको मुख्य दरबार, समयमाई मन्दिर, पश्चिमी र पूर्वीद्वार क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो । उहाँले भ्रमणको क्रममा तिलौराकोट दरबार अत्यन्तै सुन्दर ढङ्गले संरक्षण गरिनुका साथै यस स्थलमा सम्पूर्ण विश्वभरका आगन्तुकहरूले विश्व शान्ति समृद्धिका लागि पूजा र प्रार्थना गर्न यस स्थलको निरन्तर भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आफू यस पवित्र स्थलमा भ्रमण गर्दा अत्यन्तै गौरवान्वित भएको र आगामी दिनमा यस स्थलको पुनः भ्रमण गर्ने विचार व्यक्त गर्नुभयो । तिलौराकोट क्षेत्रको संरक्षण र विकासका लागि राजदूत पाथिरानाले श्रीलङ्का सरकारले नेपाल सरकारसँग हातेमालो गरी कार्यहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वरिष्ठ पुरातत्वविद उप्रेतीले बुद्ध स्थलको ऐतिहासिक पृष्ठभूमि, महत्त्व, ऐतिहासिक प्रमाण लगायतका विषयमा जानकारी गराएका थिए । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल प्राचीन तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

होर्मुज स्ट्रेटमा जहाजमाथि प्रोजेक्टाइल प्रहार, एक चालक दलका सदस्यको मृत्यु

अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने इरानको संकेत

इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश

मोदीको ‘दिमागी नक्सल’ टिप्पणीले भारतमा राजनीतिक बहस चर्कियो

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu