ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० आई त्रिकोणात्मक सिरिजः पहिलो खेलमा क्यानडासँग हार्‍यो नेपाल


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   २ : ३०   बजे

काठमाडौं १३ असोज । ओमान सम्मिलित टी(२० आई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ।

शनिबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १४ रनले हारेको हो।

क्यानडाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो।

 

नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। उनले ३९ बलमा २ चौका २ छक्का प्रहर गरे।

कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपाललाई सस्तैमा रोक्न कलिम सना एक्लैले चार विकेट लिए। साद विन जफरले ३ विकेट झारे। प्रवीण कुमार र अखिल कुमारले एकरएक विकेट लिए।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार पारेको थियो।

क्यानडाका साद विन जफरले २३ तथा श्रेयास मोभ्भाले २२ रन बनाए। प्रवीण कुमारले १९ रन थपे।

सिरिजको दोस्रो खेलमा आज नेपाल ओमानविरुद्ध भिड्दै छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu