ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवीका पार्टनर लीला पछाईं सूर्यदर्शन सहकारी ठगीमा पक्राउ


एबीसी न्यूज
१५ आश्विन २०८१, मंगलबार   ८ : ३१   बजे

 

काठमाडौं १५ अससोज । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।

उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ।

जीबीसँगको साँठगाठले बचतकर्ताको ३ करोड लीलाको खातामा

प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन। लीला यो सहकारी प्रकरणमा नाम किटान भएकी र फरार सूचीमा भएकी व्यक्ति पनि हैनन्।

तर, छानबिनको क्रममा सहकारीबाट अवैध रुपमा उनले सहकराीबाट रकम गएको देखिएको हो। जीबी राईको नजिककी मित्रको रुपमा रहेकी र राजनीतिक नेतृत्वलाई रिझाउने उपक्रममा खर्चने पैसासमेत सूर्यदर्शनबाट उनकै नाममा लगिएको स्रोतको दाबी छ।

सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान गर्न आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरामै छ। सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार सीआइबीको टोलीसँग उनीहरूले आफ्ना कुरा राखेका छन्। ‘अहिले राष्ट्रमै नभएको एउटा सहकारीको पाँचपटक छानबिन चलिरहेको छ। हामीले किटानी जाहेरी दिएका पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्य व्यक्तिमाथिको मुद्दामा सबैको चासो छ। उहाँहरूको अनुसन्धानको पाटो अर्कै हो। हाम्रो चासो भने बचत फिर्तामै छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वसँग गुहार मागेर हामी हैरान भएका छौँ। कानूनी उपचार खोज्ने त हो तर हाम्रो कति दिन कुर्ने हो ? जीबी राईको सम्पत्ति बेचबिखन गरेर पीडितलाई केही रकम उपलब्ध गराओस् भन्ने कुरा भएको छ। हामीले उहाँहरूलाई भेटेर पोखराका यी–यी व्यक्तिबारे छानबिन गर्नुपर्‍यो भनेका छौँ। नामै तोकेर भनेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group