ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि बढ्यो तेलको मूल्य


एबीसी न्यूज
१६ आश्विन २०८१, बुधबार   १ : ५४   बजे

काठमाडौं १६ असोज । मंगलबार राति इरानले इजरायलमा मिसाइल हमला गरेपछि तेलको मूल्य बढेको छ।

यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ। यदि यस्तो भयो भने तेल आपूर्ति पनि प्रभावित हुन सक्छ।

ब्रेन्ट क्रुड कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो। यो १ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ७४।४० डलर पुगेको छ। मंगलबारको कारोबारभन्दा ५ प्रतिशतभन्दा बढी बढेको बीबीसीले उल्लेख गरेको छ।

 

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौँ ठूलो तेल उत्पादक देश हो। यो तेल उत्पादक देशहरूको समूह ओपेक ९तेल निर्यात गर्ने देशहरूको संगठन० को तेस्रो ठूलो सदस्य पनि हो।

यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने चिन्ता व्यापारीमा बढेको छ।

स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ। यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्त्वपूर्ण छ र विश्वको तेल व्यापारमध्ये २० प्रतिशत व्यापार यहाँबाट हुन्छ।

ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, यूएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन्।

इजरायलमा मिसाइल आक्रमणपछि इरानमा हिजबुल्लाह नेताको तस्बिर बोकेर खुसियाली

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

रुसी सैन्य केन्द्रमा बेलायती ड्रोन प्रयोग भएको दाबी, बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu