ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनानमा कार्यरत नेपालीले उद्धार गर्न भनेका छैनन् : परराष्ट्र मन्त्रालय


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   ५ : ०१   बजे

काठमाडौं १७ असोज ।   परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीहरूले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ ।

‘अहिलेसम्म लेबनानमा कार्यरत नेपाली सुरक्षित छन् । उहाँहरूले उद्धारको आवश्यकता भएको भन्नुभएको छैन,ु परराष्ट्र प्रवक्ता अमृतबहादुर राईले इकान्तिपुरसँग भने, ‘यदि उहाँहरूले उद्धार चाहनुभयो भने सरकार उद्धार गर्न तयार छ ।’ प्रवक्ता राईले नेपालले उद्धारको लागि सबै तयारी भने गरिएको बताए ।

‘नेपाली लेबनानको राजधानीमा केन्द्रीत छन् । अहिलेसम्म कसैले संकटमा परेको सुचना दिएको छैन । कसैलाई केही समस्या परेमा हामीले सर्म्पक गर्न अनुरोध गरिसकेका छौं,’ उनले भने ।

इजरायलले हेजवुल्लाह विरुद्ध बुधबारदेखि लेबनानभित्र प्रवेश गरेर स्थलगत आक्रमण सुरु गरेको छ । इजरायलले २४ वर्षपछि बुधवार राति बेरुतको मध्यभागमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । यो आक्रमणमा ६ जना मारिएका छन् ।

बेरुत आसपासमा करिब एक हजार नेपाली घरेलु श्रमिकका रुपमा कार्यरत छन् । उनीहरूले पछिल्लो समय अवस्था नाजुक बन्दै जान थालेको अनुभव गर्न थालेका छन् । बेरुतमा घरेलु श्रमिक ९हाउसमेड०मा कार्यरत माया तामाङले दिनप्रतिदिन जोखिम बढ्दै गएको बताइन् ।

‘एयरपोर्टतिर त पुरा धुवाँधुवाँ भइरहेको छ । हिजोअस्ति तिर खासै डर लाग्दैनथ्यो। बुधबारदेखि त मलाई सार्‍है डर लाग्न थाल्यो,’ उनले इकान्तिपुरसँग भनिन्, ‘रातभरि ढ्याङ–ढ्याङ क्षेप्यास्त्र झरेको आवाज आउँछ । घर थर्केको थर्कै छ । अस्ति नै तिर म्याड्यमलाई केको आवाज आएको भनेर सोध्दाखेरि उनीहरूले प्लेनको आवाज भन्थे । अहिले त इजरायलबाट पनि आर्मी आएको छ रे । खै के हुने हो थाहा छैन ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न देशहरूले आफ्ना नागरिकलाई लेबनानबाट बाहिर निकाल्ने प्रयासहरू बढाइरहेका छन् । अमेरिका, क्यानडा, फ्रान्स, चीन लगायत देशहरूले आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन् । ती देशहरूले सरकारी चार्टर उडान र ब्यवसायिक उडानमा सिट सुरक्षित गर्न थालेका छन्।

उनीहरूले उद्धारको लागि साइप्रस र टर्कीलाई ट्रान्जिट बिन्दुको रूपमा हेरिरहेका छन् । अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न दर्जनौं अमेरिकी सेना साइप्रसमा तैनाथ गरिएको छ । लेबनानमा झन्डै ८६ हजार अमेरिकी नागरिक छन् । बेलायतले बिहीबार बेरुतबाट एकसय ५० जना नै नागरिकको उद्धार सुरु गरेको छ ।

उसले साइप्रसबाट चार्टर उडान गर्ने तयारी गरेको छ । अष्ट्रेलियाले ५ सय जनालाई उद्धार गर्न ब्यवसायिक सिट सुरक्षित गरिसकेको छ । चीनले दुई सय जना नागरिकलाई उद्धार गरिसकेको छ । क्यानडाले ८ सय जनाको सिट सुरक्षित गर्नुको साथै चार्टर उडानको लागि साइप्रस, ग्रीस र टर्कीसँग सम्झौता गरेको छ ।

स्पेन, नेदरल्यान्ड्स, दक्षिण कोरिया र अन्य धेरै देशहरूले आफ्ना नागरिकहरूलाई स्वदेश ल्याउन लेबनानमा सैन्य विमान तैनाथ गरिरहेका छन् । लेबनानस्थित अवैतनिक नेपाली महाबाणिज्य दूत मोहम्मद गोजायलले नेपाली श्रमिकको बाहुल्यता रहेको लेबनानको उत्तरी क्षेत्रमा कुनै घटनाहरू घटिनसकेको बताए ।

‘अहिले लेबनानको दक्षिणी क्षेत्रमा इजराइली सैन्य कारवाही तीव्र छ । नेपालीको बाहुल्यता रहेको उत्तरी क्षेत्रमा शान्त छ । कुनै घटनाहरू घटिसकेको छैन,’ गोजायलले इकान्तिपुरलाई भने, ‘वर्तमान अवस्थाबारे हामीले विभिन्न माध्यमबाट सूचना प्रवाह गरिरहेका छौं । नेपालीलाई कुनै सहयोग चहिएमा हाम्रो सर्म्पकमा आउन प्रोत्साहित गरिरहेका छौं । अहिलेसम्म नेपालीले कुनै आपतकालीन सहयोग खोजेका छैनन् । सबैजसोले वर्तमान सुरक्षाको स्थिति र भविष्यमा आइपर्ने जोखिम र तयारीबारे सोधपुछहरू गरिरहेका छन् । हामी अहिलेको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेका छौं ।’Nepalis working in Lebanon have not asked for rescue: Foreign Affairs

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu