ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कूल बसको ठक्करबाट बालकको मृत्यु


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   १२ : ४५   बजे

काठमाडौं १८ असोज । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक नाबालकको मृत्यु भएको छ । कावासोती(१ छहारी चोकको भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोक जाँदै गरेको गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर दिँदा कावासोती १ छहारी चोक निवासी यम पौडेलका २२ महिने छोरा सम्राटको मृत्यु भएको हो ।

बसले बालबालिकालाई विद्यालय पुर्‍याउँदै गर्दा सडकमा खेली रहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा छ ।

त्यसैगरी गएराति मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बा। प्र। ०२–०४९ प २६६६ नम्बरको मोटरसाइकल र ना ३८ प ७९१६ नम्बरको स्कुटर पुरानो कावासोतीमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाँके खजुरा २ निवासी २७ वर्षीया सन्जु विक, स्कुटर चालक कावासोती १४ त्रिभुवनटार निवासी ४० वर्षीया राधा महतो र स्कुटी पछाडि सवार २९ वर्षीया जमुना थापा घाइते भएका हुन् । उनीहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu