ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा बाढीपहिरोमा परेर हालसम्म ७२ जनाको मृत्यु


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   १ : ४७   बजे

काठमाडौं १८ असोज । शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा हालसम्म ७२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, काभ्रेमा ३२ जना महिला, २६ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ ।

काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको कार्यालयबाट प्राप्त विवरणमा देखिन्छ । धेरै प्रभावित काभ्रेको पनौती नगरपालिकामा ८ जना महिला, ८ जना पुरुष, १ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार, बेथानचोक गाउँपालिकामा ३ जना महिला र ८ जना पुरुष र १ जना बालक गरी १२ जना, तेमाल गाउँपालिकामा ८ जना महिला, ३ जना पुरुष र १ जना बालक गरी १० जना, मण्डनदेउपुर नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ७ जना, रोशी गाउँपालिकामा ५ जना महिला, १ जना बालक, १ जना बालिका गरी ७ जना, नमोबुद्ध नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा १ जना पुरुष, १ जना बालक गरी २ जना, बनेपा नगरपालिकामा १ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ३ जना, भुम्लु गाउँपालिकामा १ जना महिला, १ जना पुरुष र १ जना बालिका गरी ३ जना, चौरीदेउराली गाउँपालिकामा १ जना महिलाको मृत्यु भएको उनले जानकारी दिइन् ।

उनका अनुसार, हालसम्म महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाबाट मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । बाढी र पहिरोमा परी काभ्रेमा ७८ जना घाइते र ५ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu