ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी भर्ना प्रक्रिया चाँडो नगरे सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   २ : ३२   बजे

काठमाडौं १८ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सन्चालन भएको आरोप लगाएका छन् ।

विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा।केसीले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनमा उल्लेख भए अनुसार आफ्नै कर्मचारी क्रमशः राख्न छोडेर भएका कर्मचारीलाई सरुवा गरी भ्रष्ट कर्मचारीलाई लैजाने प्रकृया रहेको आरोप लगाएका छन् ।

‘आयोगमा आठ महिनाभन्दा बढी समयसम्म निर्देशकहरू नियुक्त नहुँदा पनि कुनै पहल नगरेका आयोगका उपाध्यक्षले विचौलियासँगको मिलोमतोमा ८० प्रतिशत उपसचिव लगायत १० जना कर्मचारीलाई एकैपटक सरुवा गराई आयोगको संस्थागत स्मृतिलाई नामेट गर्ने प्रयत्न गर्दैछन्,’ विज्ञप्तिमा भनिएको छ ।

उनले आयोगले आफ्नै कर्मचारी भर्ना प्रकृया यथासक्य चाँडो नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । ऐनमा प्रावधान भए बमोजिम क्रमशः आयोगको आफ्नै कर्मचारी नियुक्त गर्ने प्रक्रिया यथासक्य चाँडो सुरू नगरी ऐनद्वारा स्वायत्त निकायका रुपमा स्थापित संस्थालाई मन्त्रालयको एउटा शाखाको रुपमा परिणत गरी अहिलेसम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आयोगले गरेको सुधारका कार्यहरू सुनियोजित ढंगले उल्टाउने प्रयास भएको उनको आरोप छ ।

आयोगका पदाधिकारीहरुले एनको मर्म अनुरुप काम नगरेको, मापदण्ड मिचेको र पूर्वाधार पुरा नभएका निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको आरोप पनि लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

संसद् बैठकमा सांसदहरूको गर्जन: नतिजादेखि दुर्घटनासम्मका विषयमा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

झलनाथ खनालको आह्वान: ‘कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र, अब वामपन्थी एकता अनिवार्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu