ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाइना तिब्बतको गुड विल फाउन्डेसनद्वारा काठमाडौंका बाढीपीडितलाई राहत सामाग्री प्रदान


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   ३ : २९   बजे

काठमाडौं १८ असोज ।   चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन जीडब्लुएफले नेपालका बाढीपीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ ।

चिनिया गैरसरकारी संस्था गुडविल फाउन्डेसनले आज बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो । फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट सीआरडीएफ०को सहयोगमा यी राहत सामाग्री वितरण गरेको हो । ‘चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत शुक्रबार एक कार्यक्रमका बीच सीआरडीएफका कर्मचारीहरुले काठमाडौंको टेकुमा बसोबास गर्ने ४२ घरपरिवारलाई राहत प्याकेज वितरण गरेका छन् ।उपत्यकाका बाढीपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले उपलब्ध गरायो अत्यावश्यक राहत सामग्री

यो राहत प्याकेजमा दैनिक प्रयोग हुने सामाग्रीहरू टुथपेस्ट, टुथब्रश, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, महिलाहरूका लागि सेनेटरी प्याड, आपतकालीन खाद्यसामग्री चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट०, तथा तातोपन र लामखुट्टेबाट बच्नको लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।

गुडविल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत असोज ११ र १२ गते काठमाडौँ उपत्यका र नेपालका अन्य भागहरू लगातार भारी वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले मानव जीवन र सम्पत्तिमा ठूलो क्षति पु(याएको छ । २२० जना भन्दा बढी व्यक्तिले आफ्नो जीवन गुमाएका छन्, दर्जनौं बेपत्ता भएका छन्, र सयौं घाइते भएका छन् । यस घटनालाई मध्यनजर गर्दै, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर हामीले ‘नेपालको विनाशकारी बाढी राहत सहयोग अभियान’ सुरू गरेका छौं । यो अभियानलाई विभिन्न चरणमा हामीले निरन्तरता दिनेछौं ।’
राहत सहयोग गर्नका लागि सीआरडीएफका कर्मचारीहरुको विदा कटौती गरिएको थियो । यतिबेला नेपालमा रहेका सीआरडीएफका कर्मचारीहरु चीनको राष्ट्रिय दिवसको अवसरमा एकहप्ते छुट्टीमा छन् ।

जीडब्लुएफ र सीआरडीएफबीच नेपालमा गरिएको यो दोस्रो ठूलो सहकार्य हो । यसअघि जीडब्लुएफले कोरोना महामारीको समयमा सन् २०२० मा ‘महामारी नियन्त्रण’ परियोजना अन्तर्गत नेपाललाई पाँच लाख ५० हजार सुरक्षात्मक मास्क र ७५ अक्सिजन जेनेरेटरहरू प्रदान गरेको थियो ।

गुडविल फाउन्डेसन लामो समयदेखि नेपालमा जनहितका परियोजनाहरूमा संलग्न छ । फाउन्डेसनले विशेष गरी बेरोजगार युवाहरूलाई रोजगारी प्रवर्द्धन गर्न र उनीहरूको जीवनस्तर सुधार गर्न सीप प्रशिक्षणमा सहयोग पु(याउँदै आएको छ । फाउन्डेसनले भविष्यमा पनि नेपाली जनताको जीवनस्तर सुधार र सीप प्रशिक्षण परियोजनाहरू अघि बढाउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group