ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी राजमार्ग निर्माणको काम जारी


एबीसी न्यूज
२० आश्विन २०८१, आइतबार   ३ : ०१   बजे

काठमाडौ २० असोज ।   मदन भण्डारी राजमार्गको गुल्मी–प्युठान सडक खण्डको निर्माण कार्य सुस्त गतिमा जारी रहेको छ । सिमलटारी–सौतामारे–मच्छी सडक खण्डको डेढ वर्षमा बढीमा १८ प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।

२०८२ साउन ५ गते निर्माण सम्पन्न गर्नेगरी श्रेष्ठ सक्षम जेभीले २०७९ कात्तिक ६ गते सम्झौता गरेको थियो । एक अर्ब ४५ करोड ३२ लाख नौ हजार ९९० रुपियाँ लागत रहेको योजनाको काम ढिला हुँदा सर्वसाधारणसँगै सवारीसाधन र यात्रुले दुःख पाएका छन् ।

आयोजनालाई तीव्रता दिन पटक–पटक कार्यालय र निर्माण कम्पनीलाई समन्वय गरे पनि काम अघि बढ्न नसकेको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताउनुभयो ।

“निर्माण व्यवसायीले काम नगर्दा अहिले जनताले दुःख पाएका छन्” अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो, “अहिले वर्षामा धेरै घर पहिरोको जोखिममा परेका छन् ।” बाटो समयमा नबन्दा हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा गर्न कठिनाइ भएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो ।

३१ दशमलव ८ किलोमिटर सडकमध्ये प्युठान क्षेत्रमा १५ किलोमिटर पर्छ । ७ दशमलव ७५ मिटर चौडाइसहितको कालोपत्रे गर्ने सडकको म्याद सकिन १० महिना मात्र बाँकी छ । कामलाई तीव्रता दिन आयोजना कार्यालय गुल्मीले पटक–पटक ताकेता गर्दैआएको इन्जिनियर दीपक विकले बताउनुभयो । हालसम्म २५ करोड भुक्तानी भइसकेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu