ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरिफ शेखलाई सुदूरपश्चिम रोयल्सले १५ लाखमा किन्यो


एबीसी न्यूज
२० आश्विन २०८१, आइतबार   ५ : २३   बजे

काठमाडौं २० असोज । मध्यक्रमका ब्याटर आरिफ शेख आगामी मंसिर तेस्रो सातादेखि हुने नेपाल प्रिमियर लिग एनपीएल मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

आइतबार काठमाडौँमा भएको अक्सनमा उनलाई सुदूरपश्चिमले १५ लाख रुपैयाँमा खरिद गरेको हो। शेखले आफ्नो सुरुवाती मूल्य १० लाख राखेका थिए।

उनलाई खरिद गर्नका लागि कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो भने गोलाप्रथाबाट सुदूरपश्चिमले आफ्नो पोल्टामा पा¥यो।

 

घरेलु क्रिकेट टोलीमा राम्रो प्रभाव छाड्दै आएका उनी टी–२० आईमा स्थान बनाउने संघर्षमा छन्।

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन।

आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ब्याकयार्ड अल्ट्रा–२०२६ : अर्जुन र मन्जु च्याम्पियन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu