ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक निर्माणले पदमार्ग मासियो


एबीसी न्यूज
२२ फाल्गुन २०७४, मंगलबार   ९ : ४३   बजे

 

तेह्रथुम, २२ फागुन ।  एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर सडक निर्माण गरिएको छ । यसले गर्दा पदमार्ग भएर आउने पर्यटक प्रभावित भएका छन् । सडक विस्तारसँगै पर्यटकीय यो क्षेत्र ओझेलमा पर्न थालेको छ ।

नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्येमा सूचीकृत गरेको यो क्षेत्र यति बेला सडक विस्तारका कारण क्षतविक्षत भएको छ । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टीएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिएको छ ।

यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन प्रभावित बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो । वर्षको छ महिना कुमारी रहने टीएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरुप बनेको उहाँको भनाइ छ । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् ।

एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण संकटमा परेको पदमार्गमा रहेको चौकीबजारका होटल व्यवसायी उदकुमार लोले बताउनुभयो  । यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारी सञ्चालन हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group