ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा, बाबुरामलाई फर्कन प्रचण्डको आग्रह


admin
२२ फाल्गुन २०७४, मंगलबार   ८ : १६   बजे

काठमाडौँ, २२ फागुन। नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताउनुभयो ।

राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान शुरु गरिएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली, सक्कली बनेर हुँदैन । पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ ।”

सो अवसरमा अध्यक्ष दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको उल्लेख गर्दै भन्नुभयो, “पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला ।”

सो अवसरमा नवप्रवेशी नयाँ शक्तिका प्रवक्ता देवकोटाले डा भट्टराईको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group