ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्न प्रधानमन्त्री ओलीको अपिल


मनिषा लामिछाने
९ कार्तिक २०८१, शुक्रबार   ७ : ५०   बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्न अपिल गरेका छन्।

केही जिल्लामा डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको भन्दै प्रधानमन्त्री ओलीले यसबाट बच्न हरेक शुक्रवार बिहान १०:०० बजे खोज र नष्ट गर अभियान सञ्चालन गर्न अपिल गरेका हुन् । डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल पानी जम्ने ठाउँहरू खोजेर लाम्खुट्टेका लार्भारप्युपा नष्ट गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘यस कार्यलाई कम्तीमा हरेक शुक्रवार १०ः०० बजे खोज र नष्ट गर अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघीय प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गर्दछु,’ प्रधानमन्त्रीको अपिलमा भनिएको छ, ‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ, त्यसैले डेंगी नियन्त्रणको यस अभियान सफल पार्न हामी आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group