ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोइङका कर्मचारीले ७ हप्ता लामो हडताल अन्त्य गरे, आउँदो ४ वर्षमा ३८ प्रतिशत तलब बढ्ने


एबीसी न्यूज
२० कार्तिक २०८१, मंगलबार   ३ : ३७   बजे

काठमाडौं २० कात्तिक । हवाईजहाज निर्माता कम्पनी बोइङका कर्मचारीले सात हप्ता लामो हडताल अन्त्य गरेका छन् । गएको सेप्टेम्बर १२ तारिखदेखि शुरू भएको हडताल आज व्यवस्थापनसँग सम्झौता भएपछि टुङ्गिएको बीबीसीले जनाएको छ ।

सम्झौताअनुसार अबको चार वर्षमा कर्मचारीको तलब ३८ प्रतिशतले बढ्नेछ । युनियनले ४० प्रतिशत तलब वृद्धि गर्न माग गरेको थियो । अन्तर्राष्ट्रिय एसोसिएशन अफ मेशिनस्ट्स एन्ड एयरोस्पेस वर्कर्स ९आईएएम० युनियनले यही नोभेम्बरको १२ तारिखसम्ममा सबै कामदार काममा फर्किने जनाएको छ ।

लामो हडतालले बोइङको क्रेडिट रेटिङ्गमा गिरावट ल्याउने र ऋण प्राप्त गर्न समस्या हुने चेतावनीपछि बोइङको व्यवस्थापन कर्मचारीका माग पूरा गर्न बाध्य भएको हो । ३० हजार जना कर्मचारीको हडतालका कारण विमान उत्पादनमा व्यापक ढिलाइ भएको छ भने कम्पनीको आर्थिक सङ्कट झनै बढेको छ ।

विगतका केही महिनाहरू व्यवस्थापन र कामदार सबैका लागि कठिन भए पनि अब एउटै टिमका सदस्यका रूपमा तीव्र गतिमा काम हुने बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले बताउनुभएको छ । खराब आर्थिक अवस्थाबाट गुज्रिएको बोइङ कम्पनी कर्मचारीको हडतालका कारण झनै समस्यामा छ ।

पछिल्लो तीन महिनामा मात्रै बोइङ कम्पनी ४० अर्ब डलर घाटामा रहेको छ । गएको हप्ता कम्पनीले २० अर्ब डलरभन्दा धेरै मूल्य बराबरको शेयर बिक्री शुरू गरेको छ । गएको महिना बोइङ कम्पनीले १७ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यससम्बन्धी थप निर्णय र सूचना यसै महिनाको मध्यसम्ममा जारी हुने खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu