ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमुख्यसचिव अर्यालले प्रधानमन्त्री कार्यालयबाट बुझे रमाना


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   १ : ४०   बजे

काठमाडौं २१ कात्तिक । भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका छन्।

अब उनी राष्ट्रिय योजना आयोगमा हाजिर हुनेछन्। आयोगमा उनका लागि ‘विशेष अधिकृत’को दरबन्दी सिर्जना गरिएको छ।

‘उहाँ अर्याल ले हिजै रमाना बुझिसक्नुभएको छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले भने।

 

गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा ३८ करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि अर्याल मुख्यसचिवको पदबाट स्वतः निलम्बनमा परेका थिए।

उनी निलम्बनमा परेपछि मुख्यसचिवसरहकै विशेष अधिकृतको दरबन्दी सिर्जना गरी उनलाई सरकारले राष्ट्रिय योजना आयोगमा सरूवा गर्दै लीलादेवी गड्तौलालाई कायम मुकायम मुकरर गरेको थियो।

गड्तौलालाई नै अवकाशको मुखमा मुख्यसचिवमा बढुवासमेत गरिएको थियो। गड्तौलाले अवकाश पाएपछि त्यस पदमा एकनारायण अर्याललाई बढुवा गरिसकिएको छ। गत भदौ १३ गते मुख्यसचिवमा बढुवा भएका उनले जिम्मेवारी सम्हालेको दुई महिनाभन्दा बढी भइसकेको छ।

सफाइ पाएका अर्याल मुख्यसचिवमै फर्किने सम्भावना कतिरु यी हुन् ३ विकल्प
वैकुण्ठ अर्याल २०८० जेठ ३२ गते मुख्यसचिवमा नियुक्त भएका थिए। उनलाई मुख्यसचिव बनाउनकै लागि तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई पदावधि छँदै राजीनामा गर्न लगाएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइएको थियो।

वैकुण्ठ अर्यालले सुरू अदालतबाट सफाइ पाए पनि मुद्दा अन्तिम किनारा भने लागिसकेको छैन। विशेष अदालतको फैसलाको पूर्ण पाठ प्राप्त गरेपछि अख्तियारले सर्वोच्च जाने जनाएको छ।

विशेष अदालतले कात्तिक १४ गते अन्तःशुल्क स्टिकर घोटाला प्रकरणका ११ जना अभियुक्तमध्ये सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ गरी दुई जनालाई मात्र दोषी ठहर गरी बाँकी सबैलाई सफाइ दिएको छ।

वैकुण्ठ अर्यालविरूद्ध मुद्दा चलाउने गरी अख्तियारले केही थप प्रकरणमा पनि विस्तृत अनुसन्धान गरिरहेको छ।

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, २ जना मात्र दोषी ठहर

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu