ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुरुङ तातोपानी मुस्ताङ यात्राको चिसो फाल्ने स्थल


एबीसी न्यूज
२५ कार्तिक २०८१, आइतबार   ११ : ०९   बजे

काठमाडौं २५ कात्तिक । कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ । कालिगण्डकी नदी किनारमा रहेका दुई वटा तातोपानीका कुण्ड यतिखेर मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटकले भरिभराउ भएको छ । दैनिक रूपमा पाँच सय देखि सात सय जना पर्यटकले कुण्डमा स्नान गर्ने गरेका छन् ।

बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म नै तातोपानी कुण्डमा स्नान गरेर चिसो फाल्ने र थकान मेटाउने पर्यटकको अहिले निकै भिडभाड छ । दसैँ पछिका दिनहरूमा मुस्ताङ भ्रमण जाने पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानी कुण्ड सञ्चालक अमृतमान शेरचनले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘अपर मुस्ताङ सम्म पुगेर फर्किएका पर्यटकहरू चिसो फाल्न र यात्राको थकान मेटाउन तातोपानी कुण्डमा स्नान गर्दछन् । दसैँ पछिका दिनहरूमा पर्यटकले तातोपानी भरिभराउ भएको छ ।’’ पर्यटक बढेसँगै तातोपानी क्षेत्रका होटेल व्यवसायीहरू उत्साहित भएको उहाँको भनाई छ ।

पर्यटकलाई आकर्षित गर्न तातोपानी कुण्ड वरपर नियमित सरसफाइ र पर्यटकमैत्री वातावरण बनाएको उहाँले बताउनुभयो । तातोपानीको कुण्ड नजिकै कपडा फेर्ने ठाउँ, धारा,सार्वजनिक शौचालयलाई व्यवस्थित बनाएको उहाँको भनाई छ । तातोपानीमा स्नान गर्न आएका पर्यटकको सुविधाका लागि कुण्ड परिसरमा क्यान्टिन समेत सञ्चालन गरिएको छ ।

काली गण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गर्ने व्यवस्था मिलाइएको कुण्ड सञ्चालक शेरचनले बताउनुभयो ।

मुस्ताङ भ्रमणमा आएका पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा आएका पर्यटक तातोपानी झरेर स्नान गर्दछन् । कुण्डमा स्नानका लागि स्वदेशीलाई ५० र विदेशीलाई एक सय ५० रुपियाँ शुल्क तोकिएको छ ।

कुण्डमा प्रवेश शुल्क र क्यान्टिन सञ्चालन गर्न गाउँपालिकासँग चालु आर्थिक वर्षमा ५६ लाख २५ हजार तीन सय ७७ रुपियाँमा ठेक्का सम्झौता गरेको होटेल हट स्पिरिङका सञ्चालक समेत रहनुभएका शेरचनले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group