ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानी कम्पनीलाई चीनमा चिप नपठाउन अमेरिकी निर्देशन


एबीसी न्यूज
२५ कार्तिक २०८१, आइतबार   १ : १४   बजे

काठमाडौं २५ कात्तिक । अमेरिकाले ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनी टीएसएमसीलाई चीनमा अत्याधुनिक चिप नपठाउन निर्देशन दिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स एआई उपकरणमा प्रयोग हुने चिप चिनियाँ ग्राहकलाई सोमबारदेखि ढुवानी नगर्न अमेरिकाले निर्देशन दिएको बताइएको छ ।

अमेरिकाको वाणिज्य विभागले टीएसएमसीलाई पत्र पठाउँदै सात न्यानोमिटर र त्यसभन्दा बढी अत्याधुनिक एआई र जीपीयूमा प्रयोग गर्न चीन पठाउन लागेका केही चिपको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसअघि टीएसएमसीले आफ्नो एक चिप हुवावेको एआई प्रोसेसरमा फेला परेको जानकारी अमेरिकी वाणिज्य विभागलाई गराएको थियो । त्यसको एकहप्तामै अमेरिकाले यो प्रतिबन्धको पत्र पठाएको हो ।

अमेरिकाले मुख्य प्रतिबन्ध लगाएको र त्यसको सूचीमा राखेको हुवावेलाई कुनै पनि सामान पठाउन लाइसेन्स लिनुपर्छ । कम्पनीको एआई विकासमा मद्दत गर्ने सामान ढुवानीका लागि अमेरिकाले अनुमति नदिने सम्भावना बढी छ ।

हुवावेमा आफ्नो चिप भेटिएपछि ताइवानी कम्पनी टीएसएमसीले चिनियाँ चिप डिजाइनर सोफगोलाई सामान ढुवानी रोकेको छ । यससँगै अमेरिकाले कुन कम्पनीले हुवावेलाई चिपजन्य उपकरण उपलब्ध गराइरहेका छन् भन्ने छानबिन बढाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनुगमन टोली पुग्दा गौशालाको डेन्टल क्लिनिक बन्द, सञ्चालक सम्पर्कविहीन

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

सम्बन्धित

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu