ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी र संगठित अपराध कसुरमा तेस्रो दिन पनि लामिछानेसँग बयान सुरु


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   १२ : ०९   बजे

काठमाडौं २९ कात्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसित बिहीबार पनि जिल्ला सरकारी वकिल कार्यालयले बयान सुरु गरेको छ ।

लामिछानेलाई मंगलबार मध्याह्न कास्कीबाट रूपन्देहीको भैरहवा ल्याइएको हो । त्यसलगत्तै सरकारी वकिल कार्यालय पुर्‍याएर बयान सुरु गरिएको थियो ।

मंगलबार दिउँसोबाट बयान लिन थालिएकामा बयान पूरा नभएपछि बुधबार लामिछानेलाई १० घण्टा जिल्ला सरकारी वकिल कार्यालयमा राखेर बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार बुधबार साँझ सवा ७ बजेसम्म बयान लिइएको हो ।

बयान पूरा नभएकाले तेस्रो दिन बिहीबार बिहान १० बजे लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ । कार्यालय पुर्‍याएलगत्तै बयान लिन थालिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले गरेको बचत अपचलनमा लामिछानेको संलग्नताबारे अहिले अनुसन्धान भइरहेको छ ।

गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला सुप्रिमबाट लामिछानेका नाममा १ करोड ९६ लाख रुपैयाँ पठाइएको विषयमा अनुसन्धान भइरहेको हो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group