ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने


एबीसी न्यूज
३० कार्तिक २०८१, शुक्रबार   १२ : ४७   बजे

काठमाडौं ३० कात्तिक । सत्ता साझेदार दल नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार मात्र टुङ्गो लगाउने भएको छ । यसका लागि प्रदेश संसदीय बोर्डको बैठक बोलाइएको नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताए ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । तर‚ कांग्रेसले २ दिन अघिसम्म पनि चासोका साथ हेरिएको कीर्तिपुर नगर प्रमुखको टिकट टुङ्गो लगाउन सकेको छैन ।

प्रदेश सभापति बानिया भने हतारमा टिकट वितरण गर्नु राम्रो नहुने भन्दै उपयुक्त समयमा टिकट वितरण गरिने बताउँछन् ।

‘भोलिका लागि पार्टी मुख्य कार्यालय सानेपामा संसदीय बोर्डको बैठक बोलाएका छौँ । सबैको चित्त बुझाएर हामी त्यहाँबाट टिकट फाइनल गर्छौँ‚’ उनले भने‚ ‘धेरै आत्तिएर टिकट वितरण गर्दा क्षति हुन सक्छ नि । बिचार पुराएर हामी टिकट वितरणमा लागेका छौँ ।’

उपनिर्वाचनका लागि नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको थियो । सोही नाम प्रदेशसभा निर्वाचन क्षेत्र‚ क्षेत्रीय समिति‚ जिल्ला समिति हुँदै बागमती प्रदेश कार्यसमितिमा पुगेको हो ।

नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ । चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् । यस्तै नगर समितिले क्रमशः संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

‘हामी सबैको चित्त बुझाएर र जनचाहना पनि बुझेर टिकट वितरण गर्छौँ । प्रक्रिया पुराएर भोलि नाम फाइनल हुन्छ‚’ उनले भने ।

तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा उनले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मत सहित नेकपा माओवादी केन्द्र उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group