ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको पनि अनुमति


एबीसी न्यूज
३ मंसिर २०८१, सोमबार   १२ : ३३   बजे

काठमाडौं ३ मंसिर । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पनि अनुमति दिएको छ ।

यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो । जिल्ला अदालत काठमाण्डौले पनि सहकारी बचत रकम हिनामिना अनुसन्धानकै लागि पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको निवेदनमा अदालतले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछाने सहित गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ अनुमति दिएको छ ।

जोशी पनि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । स्वर्णलक्ष्मी प्रकरणमा प्रहरीले यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा सहकारीको रकम आएको निष्कर्षसहित तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेपछि प्रहरीले पक्राउ अनुमति मागेको हो ।

पाँचवटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu