ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरहरा चढ्न आजदेखि शुल्क तिर्नुपर्ने


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ११ : १७   बजे

काठमाडौं ९ मंसिर । आजदेखि शुल्क तिरेर धरहरा चढ्न पाइने भएको छ । अब धरहरा व्यवसायिक रुपमा खुला भएको हो । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् एक सय रुपैयाँ तिरे पुग्नेछ ।

यस्तै धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन ९व्यावसायिक बाहेक० गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यवसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम सार्क देशबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका देशका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो । त्यसैअनुसार शुल्क तय भएको छ ।

२०७२ सालको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको नौ वर्षपछि संविधान दिवसको अवसर पारेर गएको असोज तीन गतेदेखि सर्वसाधारणका लागि धरहरा चढ्न खुला गरिएको हो । धरहराको सबै काम भने अहिले पनि सकिएको छैन । तर चढ्न र अवलोकन गर्न बाधा नपुग्ने सहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वय इकाइ ९भवन तथा आवास० आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज पनि वर्षा : दिउँसोपछि झन् बढ्ने सम्भावना

अविरल वर्षाले देशभर सडक अस्तव्यस्त : मध्यपहाडी लोकमार्गदेखि अरनिको राजमार्गसम्म अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu